logo
  • शनिबार, साउन ३० २०८३

कतारमा गायिका घर्ति सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार अविरल, कतार ।
लोक दोहोरी गायिका एवम रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रुपा घर्ती मगर कतारमा सम्मानित भएकी छिन । नेपाली महिला समाज कतारले आयोजना गरेको तिज विशेष कार्यक्रम २०७३ का लागि कतार आएकी घर्तिलाई खादा ओढाएर सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै नेपाल मगर संघ शाखा कतार र गुल्मी सेवा समाज कतारले गत शुक्रवार एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा सम्मान गरेका हुन ।
1
नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका निवर्तमान सल्लाहकार तथा मगर सेवा समाज ललितपुरका बर्तमान अध्यक्ष मान बहादुर बुढा मगर प्रमुख अतिथि रहेका थिए । यसैगरी कार्यक्रममा गायिका रुपा घर्ती मगर,नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष सियाराम चौधरी, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे विशेष अथिती रहेका थिए ।
2
एन.आर.एन का महिला सदस्य मिना खड्का, नेपाली महिला समाजका कोषाध्यक्ष सुस्मिता भुसाल ,मितेरी सास्कृतिक समूहका उपाध्यक्ष बिजय रानापाली, नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर, गुल्मी सेवा समाजका उपाध्यक्ष झबिन्द्र आचार्य, सचिव केशव कंडेल, संरक्षक द्रोण बहादुर बस्नेत, प्रमुख सल्लाहकार शिव खड्का, कोषाध्यक्ष मित्र वि एस,साझा नेटवर्क डटकमका प्रधान सम्पादक कुमार अविरल लगायत अतिथि रहेका थिए ।
4
विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए। कार्यक्रममा नेपाली महिला समाजका कोषाध्यक्ष सुस्मिता भुसाल, गुल्मी सेवा समाजका अध्यक्ष बुद्धि बहादुर पाण्डे, नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर र नेपाल प्रावासी आदिवासी जनजाती महासंघका अध्यक्ष सियाराम चौधरी लगायतले गायिका तथा रेडियो प्रस्तोता घर्तीलाई साँगितिक यात्रा सफलताको शुभकामना दिए ।
3
कार्यक्रममा बोल्दै गायिका तथा रेडियो/टेलिभिजन कार्यक्रम प्रस्तोता घर्तीले आफुलाइ नेपाल मगर संघ, शाखा कतार र गुल्मी सेवा समाजले सम्मान गरेर अझै आफ्नो काधमा जिम्मेवारी थपिएको बताइन यसरी दुवै समाजबाट सम्मानित हुन् पाउदा निकै भाग्यमानी एवम खुशी हुदै विशेष धन्यवाद व्यक्त गरिन साथै सोहि अवसरमा आफ्नो सालैजो र कौडा गित गाएर मनोरञ्जन समेत प्रदान गरेकी थिइन ।

संघका महासचिव विजय मगरको संचालन रहेको कार्यक्रमलाई सभापति महेन्द्र थापा मगरले कार्यक्रम सफल बनाउन उपस्तिथि सम्पुर्णलाई धन्यवाद दिदै समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend