साझा नेटवर्क
केसव कंडेल, कतार।
रोजगारीको शिलशिलामा कतारलाई कर्म थलो बनाउदै आएका सर्जक, गायक तथा संगीतकार बुद्ध घ्याम्चो लामाको पहिलो पप गीति एल्वम “हाम्रो यात्रा”को गीत तथा म्युजिक भिडियो शनिबार कतारमा विमोचन गरिएको छ । Songs Nepal ले निर्माण गरेको हो ।

कतारको साना स्थित वेलकम डाइन रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा प्रवाशी तामांग समाजका उपाध्यक्ष तिर्थ लामाको सभापतित्व रहेको थियो । यसैगरी नायक तथा चर्चित मोडल बिष्णु कार्की प्रमुख अथिति सर्जक, गायक तथा संगीतकार बुद्ध घ्याम्चो लामा बिशेष अथिति रहेका थिए ।

नेपाल मगर संघ शाखा कतारका महासचिब बिजय मगर, समाजसेवी भूमिराज दाहाल, नवनायक मोडल केसव भट्टराई, गायक मेक्स नेपाल, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष गणेश बन्जाडे, साझा नेटवर्क डटकमका केशव कंडेल, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका प्रतिनिधि दिल कुमार श्रेष्ठ अतिथि रहेका थिए ।

विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा कार्यकम संयोजक ईश्वर बल्लभ उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा गायक लामाले आफ्ना भनाईहरु तथा गीति एल्वमका बारेमा बताएका थिए । साथै लामाको म्युजिक भिडियोलाई सबै माझ दृष्याङ्कन गर्दै एल्वम विमोचन गरिएको थियो । सोहि अवसरमा गायक लामाले आफ्नो लाईभ प्रस्तुति समेत दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्की तथा अन्य वक्ताहरुले गायकको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमका सभापति लामाले “हाम्रो यात्रा” एल्वमका गायक लामालाई प्रवाशी तामांग समाजमा आवद्ध हुन आग्रह गर्दै आउदा दिनमा सांगीतिक यात्रा सफलताको शुभकामना दिए ।
साथै गायक लामालाई संस्था तथा व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताउदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम मोना कतारका महासचिव तिलु शर्मा पौडेलको संचालनमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend