साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ भदौ १९ ।
बाग्लुङ जिल्लाको दगातुन्डाडा गाविसमा बिषालु सर्पले टोकेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दगातुन्डाँडा गाविस ७ दनियाँका ४० बर्षिय खिम बहादुर राना कुमाल रहेका छन ।
शनिवार दिउँसो २ बजेको समयमा आफनै घरको मलखादमा काम गरिरहेको अवस्थामा उनलाई सर्पले डसेको स्थानीयले बताएका छन् । सर्पले डसेपछी कुमालले सर्पलाई समातेर आसपासका सबैलाई देखाएका थिए ।
विषालु सर्प होईन होला भन्ठानेर थप उपचारका लागि उनी कतै गएनन् । गाउँ घरमै झारफुक गर्न थाले । तर आज विहान सर्पको डसाईमा परेका कुमालको मृत्यु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend