logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारले अध्यक्ष श्रेष्ठलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
रोजगारीको शिलशिलामा एक दशकदेखि कतारलाई कर्मथलो बनाउदै आएका मोना कतारका अध्यक्ष गणेश प्रसाद श्रेष्ठलाई स-सम्मान बिदाई गरिएको छ । श्रेष्ठलाई मोना कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाई गरेको हो ।
_MG_6673
कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष किरण शाहीले सभापतिको  आशन ग्रहण गरेका थिए । यसैगरी बिशेष अतिथिमा गणेश प्रसाद श्रेष्ठ रहेका थिए ।कार्यक्रममा मोना कतारका पदाधिकारीहरु लगायत म्याग्देलीहरुको उपस्थिति रहेको  थियो । कतार तथा जिल्लामा समेत चर्चामा रहेको सस्था मोना कतारलाई श्रेष्ठले पुराउनु भएको योगदानको उच्च कदर गर्दै दोसल्ला ओढाएर सम्मान तथा आजिबन सदस्यताको प्रमाण  पत्र समेत प्रदान गरिएको थियो ।

_MG_6956कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले श्रेष्ठको सामजिक कार्यको खुलेर तारिफ गरेका थिए । कार्यक्रममा बोल्दै वर्तमान संरक्षक तथा भुतपुर्व अध्यक्ष विक्रम कार्कीले सन् २०१२ तिरका दिनहरुलाई स्मरण गर्दै यस सस्थालाई पुनर्जीवित बनाउन महत्वपूर्ण योगदान दिएको र एकै परिवारको सदस्य छुट्टिएर अलग हुदा पिडा बोध महसुस गरेको बताए । यसै क्रममा प्रमुख सल्लाहकार नन्द प्रसाद गर्बुजाले कतारका बिभिन्न संघ सस्थाहरु मध्ये सम्भवत कान्छा उमेरका अध्यक्ष नै मोना कतारका अध्यक्ष श्रेष्ठ रहेको बताए ।

_MG_7037जिवनको उतार चढाव संगै भौतिक रुपमा अलग रहेपनि भावनात्मक तथा सामजिक रुपमा संगै रहने भन्ने विश्वास आफुले लिएको र संस्थालाई श्रेष्ठको खाचो सधै खड्की रहने छ भन्दै बाकि जीवनको लागि सफलताको शुभकामना दिए।

त्यस्तै क्षेत्रीय उपाध्यक्ष बालकृष्ण खत्री, बर्तमान कार्यकारी समितिका सचिव राजु पौडेल लगायतले श्रेष्ठलाइ सुखमय जिवनको कामना संगै पुराना सहयात्री संगको सहयात्रा गुमाउदा पीडाले छाति भारी भएको महसुस गरेको बताए । कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्नो लागि समाज सेवा एक किसिमको नशा जस्तो हो र नशा आफुले विश्वको जुनसुकै कुनामा गएपनि छोड्न नसक्ने बताउदै आफु आबद्ध यस सस्थाबाट टाढा भौतिक रुपमा मात्र रहेको र आफुलाई यसरी यति लामो समय व्यतित गरेको सस्था र देश छाडेर जानु पर्दा अति नै पिडा भएको भन्दै भावुक भए ।

_MG_6973समाजमा लागेपछी मैले के गुमाए भन्दा पनि मैले के पाए भन्ने सकारात्मक भावना मनमा लिनु पर्ने बताए । मोना कतारको यस सम्मान र मायालाई आफुले कहिले पनि नभुल्ने र यसले आफुलाई सामाजिक काममा लाग्न अझै प्रेरणा मिलेको भन्दै मोना कतारलाई धन्यवाद दिएका थिए। आफु यस सस्थाको आजिवन सदस्यको हैसियतले सस्थालाई गर्नु पर्ने हरेक किसिमको सहयोग विस्वमा जहाँ बसेर पनि गर्न सकिने र  आफु तयार रहेको बताउदै श्रेष्ठले आफु मोना अन्तराष्ट्रिय कार्यकारी समितिको केन्द्रिय सदस्य समेत रहेको हुदा सस्थागत रुपमा कहिले टाढा नरहने भन्दै आज सम्म प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई दिल देखि नै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमलाई सभापति किरण शाहीले संस्थालाई श्रेष्ठले दिएको योगदान संस्थाले सदैव सम्झिरहने बताउदै एउटा असल व्यक्तित्वलाई संस्थाले बिदाइ गर्नु पर्दा संधै भरी उहांको अभाव महशुस गरिरहने बताए ।  श्रेष्ठको नेपाल वसाई सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम समाजका महासचिव तिलु शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend