logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङको भिमगिठेमा एम्बुलेन्स अभियानले चाडै पुर्णता पाउने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ भदौ १८।
बाग्लुङ जिल्लाको ग्रामीण भेग भिमगिठे गाबिसका युवाहरु सक्रिय भएका छन् । भिमगिठे तथा अन्य आसपासका गाउबिकास समितिलाई लक्षीत गरी प्रवासीहरुको सत्रियमा अभियान थालिएको छ । ग्रामीण स्तरमा आपतकालिन अबस्थामा तत्काल सवारी साधानहरु उपलब्ध नहुादा यस क्षेत्रका मानिसहरु भोग्नु परेको दुखलाई मध्यनर राख्दै  सोहि स्थानबाट रोजगारीका लागी बिभिन्न मुलुकमा रहेका युवाहरुको  पहलमा  एम्बुलेन्स किन्न बिभिन्न सामाजिक संजालमा अभियानै सञ्चालन गरेका छन् ।

  सामाजिक संजालमा अभियानकै रुपमा सञ्चालन गरी अहिले सम्म बोल चन्दा १७ लाख ३७ हजार ५ सय ६२ रुपैया संकलन गरेको छ । प्रभु बैंकमा युवराज पाण्डे र सुर्या थापाको नाममा खाता  रहेको  र सहयोगी  दाताले आफुले  बोलेको रकम त्यस खातामा आफु बोलेको रकम जम्मा  गर्न  निम्त  अनुरोध गरेको  बताए  ।

 अहिले  सम्म  अभियानबाट  संकलित  रकम ३ लाख ६३ हजार३ सय ८३ रुपैया उठाएको अभियानका  कोषाध्यक्षय  सुर्या थापाले बताए  । एमबुलेन्स अभियान भिमगिठे भनि सामाजिक संजाल मार्फत एम्बुलेन्स अभियान संचालन गरी बिदेश गएका युवाहरुको  पहलमा  यस अभियान थालेको र दर्ता पनि संस्थाका अध्क्षय निराजन गौतमले बाग्लुङ सदरमुकामका गई दर्ता पनि गरेको बताएका छन ।

एम्बुलेन्स खरिद तथा ब्यबस्थापनको लागि आबस्यक पर्ने रकम पुरा भए पछि लगत्तै खरिद संचालन प्रक्रियामा जाने योजना रहेको संस्थाले जनाएको छ । एम्बुलेन्स खरिद गर्न संस्थाले संजालले अभियान जारी रहेको र सहयोग गर्ने चाहानेहरुले संस्थामा सम्र्पक गर्ने अनुरोध गरेको  बताए ।

एम्बुलेन्स खरिद पछि संचालक समितिबाट या स्वास्थ्य चौकी माफर्त चलाउने निर्णय हुुन बाकी रहेको बताएको छ । एम्बुलेन्स खरिद पछि यस क्षेत्रका बिभिन्न गाउबिकास समिति तथा बिभिन्न वडाहरुका स्थानिय लाभान्वित हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend