साझा नेटवर्क
काठमाडौँ, भदौ १७।
नक्कली बावुराम भट्टराई ज्योती काफ्लेद्धारा अभिनित एवं संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘लालजोडी आजबाट देशभर प्रदर्शनमा आएको छ । लचित्रको विशेष शो काठमाण्डौको सिटि सेन्टरको वीग मुभिजमा आयोजना गरिएको थियो ।
उक्त शो मा चलचित्रका कलाकार,निर्देशक एवम थुप्रै पत्रकारहरुको उपस्थिति रहेको थियो । चलचित्र हेर्दै जाँदा निर्देशक सुवेदीले चलचित्रको कमेडी पाटोलाई बढी ध्यान दिएको बुझिन आउँदछ । यसका साथै उनले चलचित्रमा हाल्नु पर्ने अन्य मसला पनि छुटाएका छैनन । चलचित्रलाई हाँसो र रोदनको समिश्रण बनाएका छन् सुवेदीले । चलचित्रका मुख्य कलाकार ज्योती काफ्लेको अभिनय र उनको संवादले दर्शकलाई धेरै पटक हँसाउछ भने बेलाबेलामा रुवाउने समेत काम गर्दछ ।
बर्षौं अदालतमा मुद्दा अड्किनुको कारण एउटा मानिसले जीवनमा कति दुख झेल्नुपर्छ भन्ने यथार्थ कथालाई चलचित्रले देखाएको छ । तर, बिषय यसलाई उठाएता पनि अदालती प्रक्रियामा भन्दा पनि पारिवारिक बिषयलाई सुवेदीले बढी महत्व दिएका छन् । चलचित्रको मुख्य हतियार यसको संवाद पक्ष नै हो । यसको संवाद पक्ष एकदमै सवल छ । चलचित्रका गीतहरु तीनवटै एकदमै राम्रा बनेका छन् । साथमा कलाकार ज्योती काफ्ले र नव–नायिका आयुष्मा कार्कीको अभिनयले पनि दर्शक वाध्न सफल भएको छ ।
चलचित्रको प्रदर्शन अगाडि ‘लोत हसाँउछ ग्वाँ ग्वाँ रुवाउँछ’ भन्दै यसको प्रचार गरिएको थियो । वास्तवमा प्रचार गरिएजस्तै हँसाउने रुवाउने चलचित्र बनेको छ चलचित्र लालजोडी । प्रेममा परेर झुट बोलेर बिहे गर्नु र यथार्थमा अभावै अभावले झेल्नु परेको महिलाको कथा प्रस्तुत छ यसमा । त्यसमा पनि मदिरा अत्याधिक सेवन गर्ने श्रीमान् र त्यसले दिक्क भएकी श्रीमतीको कथा हो ‘लालजोडी’ ।
दर्शकहरुलाई अढाइ घन्टा बोरिङ नहुने गरी मनोरञ्जन दिने चलचित्र बनेको छ ।लालजोडी रिलिज भएको पहिलो दिनमै हलहरुमा खचाखच भएको र चलचित्रले राम्रो व्यापार गरेको चलचित्रका निर्माता एवम निर्देशक लक्ष्मण सुवेदीले बताएका छन् । नेपालपाटि
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend