logo
  • शुक्रबार, साउन ८ २०८३

मधेश आन्दोलनाका ‘मुद्दा फिर्ताको लागि कानुनी परामर्श’


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौँ भदौ १७ ।160813135647_bimalendra_nidhi_deputy_pm_and_home_minister_640x360_._nocredit

गतबर्ष मधेश आन्दोलनाका बेला दिइएका उजुरी वा मुद्दा दायर गरिएको मधिशी मोर्चाका सयौ कार्यकर्ताविरुद्धका अभियोग फिर्ता लिनका कानुनी जटिलता हल गर्न बारे गृहकार्य भइरहेको उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन्।

प्रचण्ड नेतृत्वको सरकार गठनअघि मोर्चा आबद्ध गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको तीनबुँदे सहमति अनुसार, मधेसी मोर्चाका नेताले आफ्ना करिब पाँच सय कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिन शुक्रबार पुन: गृह मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

मन्त्री निधिले आफना भनाइ राख्दै ती मुद्दा फिर्ता लिने प्रकिया छिटो टुंग्याउने पहल जारी रहेको बताएका छन । गत वर्ष करिब ६ महिनासम्म चलेको मधेस आन्दोलन र विभिन्न स्थानमा सीमाङ्कनको विरोधका क्रममा ज्यान गुमाएका व्यक्ति तथा प्रहरीलाई शहीद घोषणा गराउन सफल भएलगत्तै मधेसी मोर्चाका नेताले अहिले आफ्ना कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता गराउने प्रयासलाई पनि तीव्रता दिएका बताए ।
सूची

मुद्दा फिर्ता लिनका लागि जिल्लाहरुबाट तथ्याङ्क मगाउने काम भइरहेको छ। उनीहरुविरुद्धका मुद्दा छिटो फिर्ता लिन हामी मोर्चाका कानुनविदसँग समेत छलफल गरिरहेका छौं विमलेन्द्र निधि, उपप्रधान मन्त्री तथा गृह मन्त्री शुक्रबार मोर्चाका नेताको एक टोलीले उजुरी परेका वा मुद्दा दायर गरिएका कुल ४९१ कार्यकर्ताको गृह मन्त्रालयमा बुझाएको बताए ।

गृहमन्त्री विमलेन्द्र निधिले उनीहरुविरुद्धका मुद्दा यथाशक्य छिटो फिर्ता लिनका लागि कानुनी जटिलता हल गर्न महान्यायाधिवक्ता र कानुन विदसँग परामर्श भइरहेको बीबीसीलाई बताए।”मुद्दा फिर्ता लिनका लागि जिल्लाहरुबाट तथ्याङ्क मगाउने काम भइरहेको छ। उनीहरुविरुद्धका मुद्दा छिटो फिर्ता लिन हामी मोर्चाका कानुनविदसँग समेत छलफल गरिरहेका छौं।”

तीनबुँदे सहमति पूरा गराउन एक समन्वय समिति नै गठन गरेको मधेशी मोर्चाका एक नेताका अनुसार कैलाली, महोत्तरी र जनकपुरमा भएका घटनामा संलग्न कार्यकर्ताविरुद्ध प्रहरीले फौजदारी मुद्दा दायर गरेको छ भने सयौं कार्यकर्ताविरुद्ध विभिन्न जिल्लामा जाहेरी दरखास्त दिइएको छ।

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले भने, “ती सबै निर्दोष कार्यकर्ताविरुद्धका जाहेरी र मुद्दा फिर्ता लिइयोस् भन्ने हाम्रो माग हो।”मोर्चासँगको सहमति अनुसार सरकारले मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका ११ प्रहरीसहित ५२ जनालाई दुई साताअघि शहीद घोषणा गरेको थियो।

ती सबै निर्दोष कार्यकर्ताविरुद्धका जाहेरी र मुद्दा फिर्ता लिइयोस् भन्ने हाम्रो माग हो मनिषकुमार सुमन, महासचिव, सद्भावना पार्टी तर मोर्चाले त्यतिबेला मारिएका ६८ जनालाई शहीद घोषणा गर्नुपर्ने माग गरेको थियो।
दबाब

बाँकी १६ जनालाई शहीद घोषणा गराउन दबाब जारी रहेको मोर्चाको भनाइ छ।६ महिने आन्दोनका क्रममा भएका ज्यादतीको अनुसन्धान गर्न भन्दै सरकारले एक पूर्व न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठनको प्रक्रिया प्रारम्भ गरिसकेको छ।

मोर्चाले मधेश आन्दोलनका बेला घाइते भएका २० हजारभन्दा बढी व्यक्तिको उपचार खर्च सरकारबाट भराउनका लागि पहल जारी राखेको नेताहरुको भनाइ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend