साझा नेटवर्क
हिम शिखर , नयाँ दिल्ली भारत भदौ १७।
हरेक वर्ष जस्तै यसपाली पनि हिन्दु नारी हरु को पवित्र एवं महान चाड हरितालिका तिज को पावन अबसर मा विशुद्ध समाजिक संस्था “हाम्रो स्वाभिमान ट्र्ष्ट” को आयोजना मा भारत को राजधानी दिल्ली को नेहरु स्टेडियममा आगामी सेप्टेम्बर ४ तारीख आइतबार नेपाल तथा भारत का ख्यातिप्राप्त गायक गायिका र निर्त्य कलाकारहरु शोभा त्रिपाठी ,रेवन्ती राइ , निकिता सिन्तुरी, केदार खबास , विक्रम खत्री , सन्दीप न्यौपाने को बेजोड प्रस्तुति हुन गइरहेको बताए ।

आउदो आइतबार हुन गैरहेको तिज महोत्सव का प्रमुख अतिथी भारतिय योगगुरु बाबा रामदेव विशिष्ट अतिथि सिक्किम का मुख्यमन्त्री पवन चाम्लिङ हुनेछ्न भने अतिथिहरु नेपाली दूतावास दिल्ली का कार्यवाहक राजदुत कृष्ण प्रसाद ढ्काल , प्रमुख कार्यपाल गोर्खाल्यान्ड क्षेत्रिय प्रसाशन का विमल गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि हुनेछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend