साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ भदौ १७ ।
बिगत तिन बर्ष अगाडीबाट संचारकर्मी हुदै कलाकारिताको क्षेत्रमा प्रवेश गरेका नव नायक दिपेन्द्र प्रकाश केसी दर्जनौ म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय प्रदर्शन गर्दै चलचित्र बृन्दावन सम्ममा आइ पुग्दा नायकको भुमिकामा देखा पर्दैछन । नेपाली चलचित्र बृन्दाबनबाट डेब्यु गरेका नव नायक दिपेन्द्र केसी नेपाली चलचित्रमा एक सम्भावाना बोकेर आएका नव नायक हुन ।
नव नायाकको रुपमा उदाएका दिपेन्द्र हेर्दा पनि आकर्षक,चकलेटी र सुगठित शरीरका धनि छन । सल्यान लेखपोखरामा जन्मिएका नायक दीपेन्द्र अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दा नै चलचित्रमा राम्रो काम गर्न सकेका हुन । सानैदेखि नायक बन्ने सपना बोकेका दिपेन्द्र भविष्यमा नेपाली रंगिन संसार अर्थात सिने नगरीमा एक उज्वल नक्षत्रको रुपमा उदाउनेमा दुइमत छैन । नेपाली चलचित्र क्षेत्रमा फेरि चलचित्र बृन्दाबनबाट सम्भावना बोकेका एक नवनायक थपिएका छन् दिपेन्द्र प्रकाश केसी ।
नेपाल अधिराज्य भर भदौ १७ गते शुक्रबार देखि प्रदर्शन हुने चलचित्र बृन्दाबनको मुख्य विशेषता भनेको विशुद्ध प्रेमकथा, एक्शन तथा साइन्स एण्ड फिक्सनलाई आधारमा निर्माण गरिएको नेपाली कथानक चलचित्र हो । चलचित्रको आधा भन्दाबढी दृश्यलाई एनिमेशन गरिएको छ भने नायिका शिल्पालाई एक्सन नायिकामा प्रस्तुत गरिएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको यस चलचित्र रुद्र खनालको पहिलो प्रस्तुति रहेको छ ।
चलचित्रमा बादरले पनि मुख्य भूमिका निभाएको कुरा नायक दीपेन्द्रले बताए ।नायिका शिल्पा पोखरेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् । साथमा नेपाली चलचित्रमा लामो समयपछि बादरको पनि विशेष भूमिका हेर्न सकिनेछ । चलचित्र ‘वृन्दावन’मा नवनायक दीपेन्द्र प्रकाश केसीको साथमा शिल्पा पोखरेल, किशोर खतिवडा र पुस्कर भट्टले साथ दिएका छन् ।
नायक दिपेन्द्र भन्छन चलचित्र बृन्दाबन एकदमै फरक धारमा बनेको नारि प्रधान, एक्सन र प्रेम कथाले भरपुर भएको चलचित्र भएको कारणले नेपाली चलचित्र प्रेमीहरुको मन जित्न सफल हुनेछ । साथै चलचित्र बृन्दाबन लाइ चलचित्र भवन सम्म गई हेरेर माया गरिदिनु हुन र सल्लाह सुझाब दिन पनि नब नायक दिपेन्द्र प्रकाश केसी आग्रह गर्दछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend