logo
  • शनिबार, साउन ९ २०८३

सापकोटा र केसीले खुवाए अपाङ्गता भएका वालवालिकालाई दर


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी भदौ १६ ।
महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अबसरमा गुल्मीका दुई समाज सेवी महिलाहरुले अपाङ्गता भएका वालवालिहरुलाई दर खुवाएका छन् ।
aasha1
जिल्लामा क्रियाशिल सामाजसेवी महिलाहरु बिष्णु सापकोटा र निर्मला केसीले जिल्ला स्थित आशा अपाङ्ग केन्द्रमा रहेका वालवालिकाहरुलाई तिज पर्वको अबसरमा दर खुवाएका हुन । अपाङ्गगताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रमा रहेका अपाङ्गता वालवालिकाहरुलाई केन्द्रमा पुगेर ति दुई महिलाहरुले दरखाने व्यवस्था मिलाएका छन् । चाड पर्व सबैलाई आउनु पर्छ र सबैले मनाउनु पर्छ सबै रमाउनु पर्व भन्ने उदेश्यका साथ जिल्ला ति दुई महिलाहरुले दर खुवाएका थिए ।
aasha2
सपाङ्गहरु जहा पनि पुग्न सक्छन र आफैले पनि खाना सक्छन् तर अपाङ्गता भएका वालवालिकाहरुको समस्यलाई मध्यनजर राखेर सापकोटा र केसीले दरखाने व्यवस्था मिलाएको निर्मला केसीले बताउनु भयो । अन्य क्षेत्रका वालवालिकाहरुलाई सबैले खोज्छन् र आफैपनि सहभागिता हुन सक्छन् तर अपाङ्गता भएका वालवालिकाहरुलाई कसैले नखोज्ने र आफै पनि पुग्न नसक्ने हुदा ति वालवालिकाहरुलाई केहि समय भएपनि मनोरञ्जन र दर खाने व्यवस्था मिलाएको केसीले बताउनु भयो ।
aasha3
शरिर अपाङ्गता भएपनि उनिहरुको मन सबैको जस्तै हो उनिहरुलाई पनि रमाउन मन पर्छ उनिहरुलाई पनि चाड पर्व आउछ तर सबै ठाउ पुग्न सक्दैन त्यसले गर्दा उनिहरुलाई सामुहिक रुपमा दर खाने तथा रमाइलो गर्ने व्यवस्था मिलाएको बिष्णु सापकोटाले बताउनु भयो । तिज पर्वको अबसरमा उनिहरुले आशा अपाङ्गता केन्द्रमा पुगेर केन्द्रमा रहेका १२ जना वालवालिकहरुलाई दरखाने तथा नाचगान गर्ने व्यवस्था मिलाएका थिए ।

पहिलो पटक यसरी केन्द्रमै आएर दर खुवाउने व्यवस्था मिलाएकोमा सापकोटा र केसीलाई आशा अपाङ्गता केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले धन्यवाद दिनुभयो । उहाँले अहिले सम्म संस्थाले सामान्य रुपमा मनाउँदै आएपनि यसरी भने पहिलो पटक मनाएको बताउनु भयो । संस्थामै आएर दुई दिदिहरुले दरखाने र रमाइले गर्ने व्यवस्था मिलाउदा यहाँ रहेका वालवालिकाहररुलाई तिज पर्व आए जस्तो भएको रायमाझीले बताउनु भयो ।

अन्य क्षेत्रमा संघ संस्थाहरुमा दर खाने नाच्ने गरेपनि अपाङ्गता भएका प्रति खासै कसैको पनि ध्यान नपुगेको अबस्थामा गुल्मीका दुई समाजसेवी दिदिहरुले गर्नु भएको यो काम निकै प्रशंसनिय रहेको उपाध्यक्ष रायमाझीको भनाई छ । दर खाने कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका बिभिन्न कार्यलय संघ संस्थाहरुका प्रमुख तथा पत्रकारहरुको सहभागितारहहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend