साझा नेटवर्क
गुल्मीमा जन्मिएर बुटवललाई कर्म थलो बनाउदै शैक्षिक क्षेत्र सँगै साँगितिक क्षेत्रमा एकैसाथ लागिरहेकी र पछिल्लो समयमा चर्चा बटुल्दै गरेकी आधुनिक गायिका कल्पना कुशुमसंग साझा नेटवर्क डटकमका लागि गरिएको कुराकानी ।
कुशुम जी स्वागत छ यहालाई साझा नेटवर्क डटकममा !
हजुर धन्यवाद !
आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
यस्तै हो सधै झैँ स्कुल तथा कलेजमा पढाउछु खालि समयमा साँगितिक कार्यक्रमहरुमा जान्छु विशेष भन्नु पर्दा आफ्नै दैनिकीमा व्यस्त छु ।
तपाईको सांगीतीक यात्रा कसरी र कहाँबाट शुरु भयो ?
मेरो साँगितिक यात्रा २०६८ सालबाट सुरु भएको हो । मलाई संगीत सानैदेखि नै मन पर्थ्यो पछि सङ्गीत कक्षा लिन थालेपछी झन मोहनी नै लगायो संगीतले । अहिले पनि निरन्तर सङ्गीत कक्षा लिईरहेकी छु ।
गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ? कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?
गायन क्षेत्रमा लागेर धेरै खुसी छु । किनकि मलाई संगीतले बाच्न सिकायो, यसले थप उर्जा पनि दिएको छ । साथै म आधुनिक गायिका भए पनि मलाई आधुनिक गित र लोक गीतमा बढी रुची छ, तर गाउन र सुन्न सबै किसिमका नेपाली गित सङ्गीत मन पर्छ ।
तपाईलाई अलि फरक किसिमकी गायिका भनेर चिनिन्छ नि ?
हजुर मैले चेतना मुलक गितहरु बढी गाउने गर्छु र दर्शक तथा श्रोताहरुले पनि पढेलेखेकी गायिका भएको भएर त्यस्तै किसिमका गित मात्रै गाउने फरक हुनुहुन्छ भन्नू हुन्छ, यस्तो सुन्दा निकै खुशी लाग्छ । शब्द मन परेमा गाउछु जुन पायो त्यहि शब्द गाउन अप्ठ्यारो लाग्छ ।
तपाईको पहिलो एल्बम कुन हो, र त्यसले कति चर्चा पायो बजारमा ?
मेरो पहिलो एल्वम भमरा हो । उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो, समग्रमा भमरा एल्वम राम्रो रह्यो र मलाई साँगितिक यात्रामा अगाडी बढ्नका लागि प्रेरीत गरायो । गत वर्षको तीजमा लेहंगा लगाउछु नामक तिज गित निकाले त्यो गित निकै नै चर्चित भयो । सोहि गितले मलाई अवार्ड समेत जितायो । यसपाली तीजमा पनि शिवजीको दर्शन नामक तिज गित निकालेको छु र यो गित पनि यतिखेर चर्चामा रहेको छ ।
आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?
म खास शिक्षा क्षेत्रको मान्छे हु शिक्षा संगै संगीतलाई पनि निरन्तरता दिदै आगामी दिनमा एउटा राम्रो कलाकार बन्ने लक्ष्यका साथ अगाडी बढी रहेकी छु । भविष्यमा कलाकार मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा छु ।
हेर्दा सुन्दरी र निकै मिठो स्वर छ, तपाई विवाहित हो कि अविवाहित ?
सुन्दरी रुपकी त छैन तर मनकी भने सुन्दर छु । मान्छे बाहिरबाट हेर्दा चट्ट राम्रो सुन्दर देखिएर मात्र नभई, भित्रै मनबाट पनि सुन्दर हुनु जरुरि छ जस्तो लाग्छ । र म विवाहित गायिका हु ।
तपाईको साँगितिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
मलाई गायन क्षेत्रमा तारीफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु । साथै मलाई गाली गर्ने दर्शक श्रोताहरुको लागि तपाईहरु अझै गाली गर्नुहोस कुरा काट्दै जानुहोस तर म भने अझ बलियो बन्दै जान्छु हजुरहरूको गाली र नकारात्मक सोचाइले भन्न चाहान्छु ।
पढाई कहाँ सम्म पुराउनु भयो र यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो ?
पढाईको सन्दर्भमा भन्नु पर्दा मैले M.ED. सम्म अध्यन गरेकी छु । र यो क्षेत्रमा आउनका लागि २०६८ सालमा म निकै बिरामी परे, अनि मलाई व्यस्त र स्वस्थ राख्नको लागि मेरो श्रीमानले संगीत कक्षामा भर्ना गरिदिनु भयो । ततत्पश्चात सङ्गीत क्षेत्र निरन्तर लागि रहेको छु । मलाई यहाँसम्म ल्याई पुराउने प्रेरणाको श्रोत नै मेरो श्रीमान हुनुहुन्छ ।
विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
यस क्षेत्रमा म अझै नयाँ नै भएकोले होला विदेशबाट त्यति कार्यक्रमका लागि अफर आउने गरेको छैन तर हामी तपाइलाई हाम्रो कार्यक्रममा बोलाउछौ भन्ने धेरै हुनुहुन्छ । गत वर्षको दशैमा कतारमा कार्यक्रमका लागि जाने पक्का पक्की भएको थियो । तर विशेष कारणवस उक्त कार्यक्रममा जान सकिन ।
अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु । साथै साझा नेटवर्क डटकम भिजिट गर्नुहुने पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु । धन्यवाद !
प्रस्तुती –कुमार अविरल
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend