logo
  • शनिबार, साउन ३० २०८३

चलचित्र “परिवर्तन” प्रदर्शनको अन्तिम तयारीमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ भदौ १५ ।
द ड्रामाविन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र “परिवर्तन” प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । मोफोसल (चितवन)का युवा युवती मिलेर चलचित्र निर्माण गरेका हुन जुन चलचित्रमा नेपाली समाजमा रहेको धर्म परिवर्तनको विकृती र सनातन देखीको धर्म संकटमा रहेको बिषय बस्तु उठाईएको छ ।
timthumbhindu
दर्सकहरुलाई केही सन्देश दिने सोचमा निर्माण गरिएको चलचित्र “परिवर्तन”को कथाबस्तु सन्देश मुलक रहेको एक कार्यक्रममा छायांकार तथा निर्माता अमृत भण्डारीले जानकारी दिनुभयो । यही भदौ २२ गते चितवन को गणेश हलमा बिषेश च्यारिटी सो गर्न लागियको उक्त चलचित्रले च्यारिटीबाट उठेको रकम सडक बालबालिकाको उद्दारमा खर्चिने जनाएका छन।

चलचित्रमा सुदर्शन सिग्देल , लक्ष्मण रेग्मी,रबिना अधिकारी,आकांक्षा क्षेत्री,बिनय सापकोटा लगाएत कलाकारहरुको अभिनय रहेको छ । बिनोद बस्नेतले लेखेको चलचित्रलाई आशिष ढकालले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend