logo
  • शनिबार, भाद्र २० २०८३

“परिवर्तन” – प्रवासी केशव


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बधाई छ काका !
शुभकामना अनि
समर्थन पनि
प्रगति पथमा लम्केका पाइलाहरुले
सफलताको सिखर चुमून
परिवर्तनको हजुरको आन्दोलन
सधै अमर रहोस

तर पनि काका
परिबर्तनको नाउँमा
कलम खोसेर
बन्दुक नथमाईयोस
जबर्जस्ति
परिवर्तनको यस लहरमा

हाम्रा छालाका रंगहरु
हाम्रा उचाईहरु
हाम्रा पोसाकहरु
हाम्रा सामाजिक मूल्य/मान्यताहरु
हाम्रा सस्कार/सस्कृतिहरु
हाम्रा भौगोलिक परिबेसहरु
कदापी हाम्रा दुस्मन नबनुन
परिवर्तनको नाउँमा प्रकृति
बिरुद्ध कहाँ जान सकिन्छ र?

काका रगतको भेलले
परिवर्तनको खोलो बग्दैन काका
मेहनत गर्नु पर्छ
परिश्रम रोप्नु पर्छ
पसिनाको भेल बगाउनु पर्छ
बाँझो खेतमा फुल फुलाउन सक्नु पर्छ
अनि हुन्छ परिवर्तन
तोडेर परिवर्तन हुँदैन काका
फोडेर परिवर्तन हुँदैन काका
जोडेर गर्नु पर्छ परिवर्तन यहाँ

संसार परवर्तन गर्न चाहनेहरु
परिवर्तनको क्रान्ति ल्याउन चाहनेहरु
आँफैलाई बदल्न, सके आँफै बदलिन सके
दुनियाँलाई नयाँ सोचले सोच्न सके
नयाँ दृस्टीले हेर्न सके
अनि हुन्छ परिवर्तन काका
आफु मात्र अघि बढेर
कहाँ परिवर्तन हुन्छ काका

कसरि आउंछ समानता ?
हातमा हात मिलाएर
साथमा साथ मिलाएर
अगी बढ्न सक्नु पर्छ
अनि मात्र हुन्छ परिवर्तन यहाँ
संक्रीणताका पर्खाल नाघेर हैन
तोडेर परिवर्तन खोज्नु पर्छ यहाँ

काका परिवर्तनको नाउमा
यहाँ फेरी अर्को नरसंहार नगरियोस
आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न
कसैको गला नारेटियोस
भौतिक संरचनाहरु

राजनीतिक स्वार्थका सिकार नहुन काका
अबको परिवर्तन युगान्तकारी
बनोस
कसैको सकुनी पासा नचलोस
हामी र हाम्रो देश
सगरमाथा, बुद्ध, सिता र भृकुटी
शान्ति भुमि स्वर्ग
अनेकतामा एकता
जय नेपाल।।


kesbप्रवासी केशव

झापा, नेपाल
हाल : न्यु सनैया रियाद साउदी अरेबिया

 

 


 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend