साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ १५ ।
गुल्मी जिल्लाको ग्रामीण भेगमा एम्बुलेन्स सञ्चालन गर्न प्रदेशमा युवाहरु सक्रिय भएका छन् । इस्मा रजस्थलस्थित स्वस्थ्यचौकीबाट इस्मारजस्थल, दोहोली,अर्जै, छाप, दर्लामचौर लगायत छिमेकी गाविसहरुमा आपतकालिन तथा साधारण सेवा दिने उदेश्यले एम्बुलेन्स सञ्चालन गर्ने अभियानमा प्रवासी युवाहरु लागी परेका छन् ।

ग्रामीण स्तरमा आपतकालिन अबस्थामा तत्काल सवारी साधानहरु उपलब्ध नहुँदा यस क्षेत्रका मानिसहरु भोग्नु परेको दुखलाई मध्यजनर राखेर सोहि स्थानबाट बिदेसका बिभिन्न मुलुकमा रहेका युवाहरु एम्बुलेन्स किन्न बिभिन्न सामाजिक संजालमा अभियानै सञ्चालन गरेका छन् । एम्बुलेन्स सञ्चालन गर्न गुल्मी जिल्लामा रहेको सामाजिक संस्था गुल्मी केयरलाई बिश्व संजाललाई युवाहरु स्वतस्फुर्त रुपमा अभियान चलाउन आग्रह गरेका थिए ।
युवाहरु र गुल्मी केयर विश्व संजाल संग सहकार्य गर्दै युवाहरुले सामाजिक संजाल मार्फत एम्बुलेन्स संचालनको निम्ति रकम संकलन गर्दै आएका छन् । अहिले सम्म लगभग १२ लाख भन्दा वढी रकम संकलन भएको संजालका अध्यक्ष मान बहादुर कुवँरले जानकारी दिनुभयो । रोजगारीको शिलसिलामा स्वदेश तथा विदेशमा रहेका इस्मा, दोहोली, अजर्,े दर्लामचौर, छापाहिले तथा छिमेकि गाविस एबं अन्य जिल्ला बाट बिदेसियका युवाहरुबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष कुवँरले बताउनु भयो ।
एम्बुलेन्स खरिद तथा ब्यबस्थापनको लागि आबस्यक पर्ने रकम पुरा भए लगत्तै खरिद संचालन प्रक्रियामा जाने योजना रहेको संजालले जनाएको छ । एम्बुलेन्स खरिद गर्न संजालले अभियान जारी रहेको र सहयोग गर्ने क्रम जारी जनाएको छ । उक्त क्षेत्रका मानिहरु बिरामी पर्दा अत्यवश्यक सवारी साधान नपाउदा निकै कष्ट खेप्नु बाध्य हुदा एम्बुलेन्स सञ्चालन गर्न युवाहरु अग्रसर भएका हुन ।
संजाले हाल सम्म देसमा बिभिन्न दैबिक बिपत्ती एबं बिभिन्न खाले असाय असक्त व्यत्तिहरु त्था परिवारलाई बिभिन्न खालका सहयोग गर्दै आएको छ । सो सस्था द्वारा बलेटक्सार ४ कि २८ बर्षिय एकल महिलाको निम्ति घरबास बनाउनको निम्ति पनि विश्व ब्यापी अभियान संचालन गरिएको जनाएको छ । अहिले सम्म १ लाख भन्दा बढी रकम संकलन भएको सस्थाका साउथ कोरिया संयोजक हरि पन्थले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend