साझा नेटवर्क
सुर्य इटानी, धादिङ भदौ १४।
लोक गायक खेमराज गुरुङको असामयिक निधनले सम्पुर्ण कलाकार शुभेच्छुक र सारा नेपाली शोक मग्न रहेको बेला (रिता सिलुवाल ) को सम्पूर्ण ठेगाना राखी टुईटरको फेक आईडीबाट आएको अभिब्यक्तिबाट नेपाली झनैं मर्माहत भएका छन।
पछिलो समयमा सोहि टुईटर आईडीको नाम परिवर्तन गर्दै निम्न नामहरु रेनु रिजाल, रमा जोशी,जेश्मिना रेग्मी,रिता सिलुवाल र शिला खाँड़ बाट बिभिन्न प्रकार आक्रोश पोख्दै आएको हुँदा यि माथी रहेको नाम मध्ये उनले कसैलाई नचिन्ने बताएकी छिन ।
रिता सिलवाल नाम गरिएको फेक आईडीबाट दिएको अभिब्यक्तिको भरमा कुनै पनि अनलाईन मिडीया, संघंसस्था र पत्रकार लगाएत फेसबुक मित्रहरुलाई ‘रिता सिलवाल’ यस बारेमा जानकार नभएको र उनको अहिलेसम्म कुनै पनि अधिकारिक टुईटर नभएको जानकारी गराईन ।
साथै चरित्र हत्या गरि यो दुखद घडीमा खेमराज गुरुङको निधनमा नराम्रो अभिब्यक्ति दिने ब्यक्तिलाई पहिचान गरि कानुनी कारबाही गर्न माग गर्दै आफु निर्दोष रहेकोले गाली गलौज नगर्न समेत हार्दिक अनुरोध गरेकी छिन ।
उनले यस बिषयमा सम्बन्धित प्रशासनमा रिप्रोट गरेको व्यहोरा पनि जानकारी गराइन। सरकारले यस बिषयमा जिम्मेवार भई खेमराज गुरुङको आत्मले शान्ति पाउन लागि र एक निर्दोष माथी लगाइएको झुट्टा आक्षेप जस्ता दुर्भाग्य पूर्ण अवस्था आउदा दिनहरुमा कसैले भोग्न नपर्ने गरि सबन्धित निकायले यथाशीघ्र खोजी कार्य गरोस भन्ने उनको भनाई रहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend