साझा नेटवर्क
संगीता कुँवर, जापान भदौ १४ ।
गुल्मीमा जन्मिएर जापानमा अध्ययन पेशा ब्यवसायमा लागेका गुल्मेलीहरुले दर खाने कार्यक्रम आयोजना गरेका गरेका छन् । गुल्मी सेवा समाज जापानको आयोजनामा तीज तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

टोकियोको कामतामा सम्पन्न दर खाने कार्यक्रममा समाजका अध्यक्ष शालिकराम भण्डारीले बिगत देखि अहिले सम्म तीज कार्यक्रम लाइ निरन्तरता दिदै आएको र यसरी हुने कार्यक्रमले गुल्मेली बिचको आत्मियता नजिक हुने बताउनुभयो ।

३ जना नानीहरु लाई दर ख्वाएर सुरु भएको कार्यक्रम मा जनसम्पर्कका रोशन केसि,गल्कोट समाजका अध्य़क्ष नर बहादुर थापा , एनआरएनए आइसिसिका कपिल देब थापा,गुल्मेली गायक बैकुण्ठ महत लागायतको बिशेष उपस्थीति रहेको थियो ।

ब्यस्त समयका बिच उपस्थितीराम्रो रहेको कार्यक्रममा दिदिबहिनि गाऊँघरमा जस्तै पुराना तिज गित गाएर नाचेकोले पनि कार्यक्रम थप रौनक र पृथक रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend