logo
  • शुक्रबार, साउन ८ २०८३

पत्रकार ऋषि अधिकारी दिल्लीमा सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हिम शिखर, नया दिल्ली भारत भदौ १३।

नयाँ दिल्ली स्थित एक भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो। विशेषगरी दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीसंग सम्बन्धित समाचारहरु सम्प्रेषण गरेकोमा उनलाई भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीहरुको संगठन मध्येको एक हातेमालो नेपाली विद्यार्थी समूहले सम्मान गरेको हो।14137671_1083531745015514_540458200_n

हातेमालोले प्रदान गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवार बन्न प्रोत्शाहन मिलेको अधिकारी बताउँछन्। सिए सम्बन्धि ४ बर्षे पत्रकारिताका क्रममा उनलाई प्रदान गरिएको यो तेश्रो सम्मान हो।प्रेम प्रसाद अधिकारी र बाल कुमारी अधिकारीका कान्छा सुपुत्र ऋषि राम अधिकारीले दिल्लीको लक्ष्मीनगरमा भएको कार्यक्रमको समाचार संकलन गरी पत्रकारिताको सुरुवात गरेका थिए।

त्यसपछी निरन्तर रुपमा सिए सरोकार डट कम, सिए सरोकार टेलिभिजन कार्यक्रम र सिए सरोकार रेडियो कार्यक्रममा समेत उनी कार्यरत छन्। अर्थसरोकारका प्रबन्ध सम्पादक रहेका अधिकारी नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव समेत हुन्।14159822_1083531921682163_784746591_n

दुई दिदी र एक दाजुका कान्छा भाई अधिकारीले पत्रकारिताको लगभग साढ़े ४ बर्षे अनुभव बटुलीसकेका छन भने उनी नेपालको लोकप्रिय समाचार नेटवर्क सिए सरोकारका दिल्ली प्रतिनिधि हुन्।सिए फाइनलमा अध्ययन गरिरहेका ऋषि राम अधिकारी बहुप्रतिभाका धनी छन्।

पत्रकारिता बाहेक उनी गायन क्षेत्रमा समेत आबद्ध छन्। उनको ‘सधै भरी’ सिर्शकको गीत बजारमा आइसकेको छ भने दिल्लीमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनले आफ्नो गीत प्रस्तुत गर्ने गरेका छन्।यसरी पटक–पटक पाईरहने सम्मानबाट आफुलाई अझ जिम्मेवार बन्न प्रोत्शाहन मिलेको अधिकारी बताउँछन्।

अधिकारीलाई सम्मान गर्न पाउदा हामी एकदम खुशी छौ र यहाँका गतिबिधिलाई सिए सरोकार मार्फ़त सबै सिए विद्यार्थी र नेपाल सम्म यहाँ भैरहने कार्यक्रमहरुको समाचार निरन्तर रूपमा सम्प्रेषण गरेकोमा बधाई दिन चाहन्छौ, हातेमालोका नव:निर्वाचित अध्यक्ष सरोज सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend