logo
  • शनिबार, साउन ९ २०८३

“सोह्र दुना आठ” रेसुङ्गा टेलिभिजनबाट प्रशारण हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

giri prasad bhusalप्रेम सुनार, गुल्मी भदौ १३।
केहि महिना अघि सम्म बुटवलको बुद्ध टेलिभिजनबाट प्रशारण भएको चर्चित हाँस्य ब्याङ्गात्मक टेलि श्रृंखला सोह दुना आठ अव गुल्मीको पहिलो र एक मात्र रेसुङ्गा टेलिभिजनबाट पनि प्रशारण हुने भएको छ ।

गुल्मी सुभद्र फिल्मस प्रालिको व्यानरमा गुल्मीकै सञ्चारकर्मी राज भण्डारी र आदित्य भण्डारीले निर्माण गर्न लागेका हुन् । वुटवलमा ५० औं श्रृंखला प्रशारण गरेका यस टेलिभिजका स्टेशन म्यानेजर गिरिप्रसाद भुसालको लेखन निर्देशन र सम्पादनमा प्रशारण हुन लागेको टेलि श्रृंखला सोह्र दुना आठ सामाजिक विकृति विसंगति र अनियमित्ता भ्रष्टचार विरुद्ध व्याङ्ग प्रहार गर्ने कार्यक्रम हो ।

वुटवलमा युनिक मुभिजको व्यानरमा दिनेश भुसाल र सागर पाठकले निर्माण गर्ने गरेको टेलि श्रृंंखला सोह्र दुना आठलाई अव थप सशक्त बनाईने सुभद्र फिल्मस् प्रालिका प्रवन्ध निर्देशक सुमन पाण्डेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उक्त कार्यक्रम यसै हप्ता देखि हरेक शनिवार साँझ साढे सात वजे प्रशारण हुने छ । आजै पल्लीकोटमा यस कार्यक्रमको शुभ मुहर्त गरिएको निर्माता राज भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend