logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीमा २ ठुला पार्टी कार्यालयको लाइन काटियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

  • बक्यौता असुल्ने कार्यालयहरुकै एक लाख ३० हजार बक्यौता


टोपलाल अर्याल, गुल्मी  भदौ १२।
नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकको लाइन काट्न शुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन बमोजिम पहिलो चरणमा महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालिएको हो।images

आइतबार एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवन र नेपाली काङग्रेस पार्टी कार्यालय विपि स्मृती भवनको लाइन काटिएको छ । एमाले पार्टी कार्यालयले २३ हजार २ सय ४० रुपैया र काङग्रेस पार्टी कार्यालयले १५ हजार बिद्युत महसुल बाकी बक्यौता नबुझाए पछि लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख शंकर अर्यालले बताए  ।

Nepal-Electricity-Authority-technician-358x300त्यस्तै शिव शक्ति चलचित्र मन्दिरको पनि लाइन काटिएको छ । त्यसले २३ हजार ३ सय ३८ बिद्युत महसुल बुझाउन बाकी छ । प्राधिकरणको गुल्मी वितरण केन्द्रले अहिले सम्म ४० जना ग्रहाकको लाइन काटेको निमित्त कार्यालय प्रमुख अर्यालले बताए  । पछिल्लो अभियान अन्तरगत तीन दिनमा लाइन काटेर असुल उपर गर्नुपर्ने ३ लाख ८७ हजार ५ सय ५८ मध्ये २ लाख ७६ हजार ८ सय ३९ रुपैयाा असुल भएको वितरण केन्द्रले जनाएको छ ।

एक दिनमा १० जना ग्रहाकको लाइन  काटेर  बाँकी  बक्यौता असुल गर्नुपर्ने मन्त्रालयको निर्देशन आएको निमित्त प्रमुख अर्यालको भनाई छ । धेरै महसुल नबुझाउने स्वास्थ्य संस्था भएकाले अब अन्तिम पटक पत्र पठाएपछि काइन काटिने समेत उहाले बताउनुभयो । जिल्लामा तम्घास र रिडि वितरण केन्द्र अन्तरगतका २० हजार ५ सय र सामुदायिक ग्रामिण बिद्युतीकरण अन्तरगतका गरी ४२ हजार ग्रहाक रहेका छन् ।

२० हजार भन्दा माथी तीन महिना बढि समय बक्यौता नतिरेका तम्घास बिवतरण केन्द्र अन्तरगत १४ जना ग्रहाक रहेका छन् । गुल्मीमा साना ठुला ग्रहाकको गरी २७ लाख ३७ हजार रुपैयाा असुल उपर गर्नुपर्ने बाकी बक्यौता छ । त्यसमा करिव १४ लाख जिल्लाका सरकारी कार्यालय कै बाकी बक्यौता असुल उपर गर्नुपर्ने छ ।

जस अन्तरगत असुल उपर गराउने संस्था नेपाल बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रकै ३० हजार ८ सय ८ र बिरवास वितरण केन्द्रको ९९ हजार ९ सय ६५ गरी १ लाख ३० हजार ७ सय ७३ रुपैया नै बक्यौता देखिएको छ । त्यस्तै वीरवास सामुदायिक ग्रामिण बिद्युत उपभोक्ताको समितिको ६० हजार ९ सय ३४ रहेको छ ।

सवै भन्दा बढि जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको ७ लाख ८३ हजार ९१ रुपैया बाकी बक्यौता रहेको छ । त्यस्तै रिडी प्राथमिक स्वास्थ्य केन्द्रको पनि २ लाख १४ हजार ४ सय ८ बक्यौता उठाउन बाकी रहेको रिडी शाखा प्रमुख विश्व पाण्डेयले बताए  ।

ताकेता पछि श्रृङ्गा हेल्थ सेन्टरले बाकी बक्यौता १ लाख ६४ हजार ९ सय ६१ र अस्लेवा स्वास्थ्यचौकीले ४४ हजार २ सय ७७ भदौ १० गते बुझाएको उहाले बताउनुभयो । जिल्लामा स्वास्थ्य संस्थाको मात्रै १२ लाख ८२ हजार ३ सय ५ रुपैयाा बााकी बक्यौता रहेको थियो ।

त्यस्तै केहि गाविस कार्यालय, बिद्यालय र प्रहरी चौकीले समेत लामो समय सम्म बाकी बक्यौता तिरेका छैनन्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend