logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पामा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुवास बि सी,पाल्पा भदौ १२।
पाल्पा झिरबास फेन्ड्स स्टार क्लवले आयोजना गरेको जुभुङग प्रबेश द्वार निर्माण सहयोग गार्थ तथा खुल्ला तीज गीत प्रतियोगिता कार्यक्रम शानिबार सम्पन्न भएको छ ।कार्यक्रममा नागरिक सचेतना केन्द्र जुभुङ्ग १ प्रथम बरपिपल महिला समूह जुभुङ्ग २ द्वितीय जनशक्ति आमा समूह जुभुङ्ग ३ तृतीय र न्यु मालिका युव क्लव सान्त्वना भएको थियो ।प्रतियोगितामा छ समूहको सहभागिता रहेको थियो ।14055790_957530204393034_947629312_n (1)

कार्यक्रममा प्रकाश थापा सभापति,समाज सेवि ज्ञान ब.खड्का प्रमुख अथिती,पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन बि क,क्रान्तिकारी पत्रकार महासंघ गुल्मीको अध्यक्ष प्रेम सुनार, क्लबका सस्थापक अध्यक्ष सन्त ब. थापा,समाज सेवि थमन ब.खड्का विशिष्ट अथितीं,विभिन्न राजनीतिक दलका प्रतिनिधि,राष्ट्रिय कलाकार शान्ता परियार लोक गायक सुमन गैरे,१८ वटा भन्दा बढी आवज निकाल्ले सुरज बि क, क्लबलाई सहयोग गर्ने चंदादाता,सुरक्षा कर्मी,विभिन्न संघ सस्थाका प्रतिनिधिको कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रममा क्लबका स-सचिव भारत पाण्डेयले स्वागत मन्तव्य दिनुभएको थियो ।कार्यक्रमको उदघाट्न सभापति ,प्रमुख अथिती, विशिष्ट अथितिद्वार पाँनसमा दियो बालेर गरिएको थियो । राष्ट्रिय कलाकार शान्ता परियार लोक गायक सुमन गैरे,१८ वटा भन्दा बढी आवज निकाल्ले सुरज बि क ले कायक्रमलाइ रोचक बनाएका थिए14138438_957530351059686_841237470_n

कार्यक्रमलाई समापन गर्दै सभापती थापाले जुभुङग प्रवेश द्वार निर्माण गर्ने हाम्रो मुख्य उदेश्य रहेको बताउनु भयो।कार्यक्रमम बोल्दै थापा सहभगि समूह,उपस्थितअथिती,कार्यक्रमलाई सम्पन पार्न आर्थिक,भौतिक रुपमा सयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो ।।कार्यक्रमको संचालन क्लबको सचीव सुवास वि सी ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend