logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा क्रियाशिल पत्रकार महिला र प्रवासी श्रीमती संञ्जालबीच अन्तक्रिया


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुसुम नेपाली, गुल्मी  भदौ १२।
क्रियाशिल पत्रकार महिला गुल्मीले सन डे क्लब अन्तर्गतको पहिलो कार्यक्रम प्रवासी श्रीमती संञ्जाल गुल्मी साग आइतबार गुल्मीको तम्घासमा अन्तक्रिया समापन् गरेको छ। उक्त कार्यक्रममा प्रवासमा श्रीमानले कमाएको पैसा श्रीमतीहरुले कस्तो क्षेत्रमा खर्च गर्नु हुन्छ भन्ने बिषयमा व्यपाक छलफल गरिएको बातए ।

कस्तो ठाउमा लगानी गर्न सके उपयुक्त हुन्छ, भन्ने विषयमा छलफल भएको थियो । छलफलमा सहभागीहरुले श्रीमानले प्रवासबाट पठाएको पैसा प्राय घर, घडेरीमै लगानी गर्ने तथा छोरा छोरीको पढाइमा खर्चिने गरेको बताए ।

कार्यक्रमकी सुझावकर्ता एवम् नेपाल महिला संघ जिल्ला सभापति विष्णु सापकोटाले महिलाहरुले खाली बिताउने समयको सदुपयोग गर्दै आय आर्जनको बाटो अंगाल्न सुझाब दिदै बताईन ”महिलाहरुले सिकेको सिपलाइ व्यवहारमा लागु गरी आय आर्जन गर्न थालियो भने तपाइको श्रीमान १० वर्ष प्रवासमा बस्नु पर्ने बाध्यता केहि कम हुन सक्छ, ता कि उहा १० वर्ष नबसि ७ वर्षमै नेपालमा फर्कन सक्नु हुनेछ।

”कार्यक्रममा प्रवासमा रोजगारीको शिलशिलामा नेपालीहरुले भोगेका दु:खको बारेमा पनि छलफल गरिएको थियो । सेवा सञ्चार गुल्मीको सहकार्य, क्रियाशिल पत्रकार महिला wwj गुल्मीको आयोजना रहेको थियो।

कार्यक्रममा नेपाल महिला संघ जिल्ला सभापति विष्णु सापकोटा, प्रवासी श्रीमती संञ्जाल गुल्मीमा आबद्ध महिलाहरु, पत्रकार महिला, सेवा सञ्चार गुल्मीका कार्यक्रम सहायक लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन wwj गुल्मीकी अध्यक्ष गंगा खड्काले गरेकी थिएन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend