साझा नेटवर्क
अर्घाखाँची, भदौ १२ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट प्युठानको बादिकोट जान लागेको जीप हंसपुरको रतनमारे नजिकै दुर्घटना हुदा चालक सहित ९ जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परि ६ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
प्राप्त जानाकारी अनुसार सन्धिखर्क बाट दिउसो १ बजे छुटेको ग१ज ४८७८ नम्बरको जीप सडक बाट करिब ६०० मिटर तल झरेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन वाँकी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend