साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी भदौ ११।
नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ दोहली गाउँ कमिटिको पुर्नगठन भएको छ । नव गठित अनेम संघ दोहली गाउँ कमिटीको अध्यक्षमा कमला अधिकारी निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा ज्ञानी काकी, सचिवमा तारा अर्याल र उपसचिवमा पम्फा बस्नेत रहेका छन् ।
कमिटीमा २५ सदस्य निर्वाचित भएका छन् । सदस्यहरुमा गीता अर्याल, बसन्ती अर्याल, सिता अर्याल, मञ्जु घर्ति, कमला खड्का, फुलमाया बस्नेत, रिता बस्नेत, राधिका बस्नेत, तुल्सा थापा रहनुभएको छ । त्यस्तै रचना जिसी, हुमकला जिसी, गोविन्दा गुरुङ्ग, तुल्सी खत्री, गिता जिसी, मिना खड्का, कुमारी हितान, कालिका रेश्मी, सुमित्रा खत्री र जानकी खनाल रहनु भएको छ ।
कार्यक्रममा दोहली वडा नं ५ निवासी तारा अर्याल, बसन्ती अर्याल, फुलमाया बस्नेत र दोहली ६ निवासी इन्द्र बहादुर दर्लामी विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । नव गठित अनेम संघका पदाधिकारीलाई धन्यबाद एवं पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै एमाले जिल्ला सदस्य लक्ष्मण बिष्टले एमाले प्रतिको जनआस्था अझै बढ्दै गएको बताए।
उहाले नवनिर्बाचित अनेम संघ दोहली गाउँ कमिटीले जिल्ला कमिटीले अनुसरण गर्न योग्य काम गर्न आग्रह गर्नुभयो । कमिटी सवै पदाधिकारी तथा सदस्यहरुलाई बिष्टले पद तथा गोपनियताको सफत समेत खुवाउनु भएको थियो ।कार्यक्रममा स्थानीय निकाय जिल्ला कमिटी सदस्य चुरा बिष्टले अनेम संघको स्थापना, यसको आवश्यकता र अहिलेको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रेस चौतारी जिल्ला सहसचिव टोपलाल अर्यालले सामाजिक विकासमा महिलाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले सवै महिलाको पक्षमा उभिएर काम गर्न नयाा कमिटीलाई आग्रह गर्नुभयो ।
साथै भेलामा एमाले क्षेत्रिय सदस्य राजु बस्नेत, गाउा कमिटी अध्यक्ष बिष्ण सुनार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नयाा कमिटीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा भदौ २५ गते बृहत तीज गित प्रतियोगीता गर्ने भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend