साझा नेटवर्क
पशुपती श्रेष्ठ, पंजाब भारत भदौ १०।
भारतको पंजाब राज्य स्थित लुधियानामा नेपाली लोक तिजि साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसर पारेर न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स द्धारा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा लोक गायक राजु परियार, दिपक गरौजा लोकगायिकाहरु सपना गाहा, बन्दना पाण्डे, सीता राना र हास्य कलाकारमा उज्वल गिरिले लुधियानामा अवस्थित वीर पार्टि प्यालेसमा उपस्थित दर्शकलाई मनोरञ्जन गराए ।

कार्यक्रमका आकर्षक बनेका लोकगायक राजु परियारले तिमिलाइ भेटन मन लागेर पंजाब सम्म आए म ढाटेर फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरि फुल्ने बेलामा……. भन्ने बोलको गित गाएर उपस्थित दर्शकहरुलाइ भावुक बनाएका थिए । दर्शक भावुक भएपछी फेरि परियारले पञ्चेवाजाको गित गाएर नचाएका थिए ।

त्यस्तै लोक गायिका सपना गाहा, सीता थापा, बन्दना पाण्डेले र लोक गायक दिपक गरौजाले लोकगित तथा तिजका गितहरु गाएर उपस्थित महिला दर्शकहरुलाई तिज आएको महशुस गराएर नचाए । हास्यकलाकार उज्ज्वल गैरेले नेपाली गित संगितमा आएका विकृतिहरुलाई व्यङ्ग्य प्रस्तुत गर्नुको साथै युवायुवतीहरुले खिचने सेल्फीलाई व्यङ्ग्य गरेर देखाउदा उपस्थित दर्शकहरु पेट मिचीमिची हासेर मनोरञ्जन लिएका थिए ।

कार्यक्रम नगर निगम लुधियानाका मेयर हरचरण सिंह गोहलवडियाको प्रमुख आथित्यता न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्सका राम बहादुर बिसिको अध्यक्षता विभिन्न नेपाली राजनीतिक भात्रु संगठनका व्यक्तित्वहरु नेपाल पत्रकार महासंघ भारत शाखाका सह सचिव अर्जुन खनाल लगायतहरुको आथित्यता रहेको उक्त साँस्कृतिक कार्यक्रम दिपक जिसिको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend