logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा रोपाई जात्रा (फोटो फिचर)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी भदौ १० ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा सानो तिजको रूपमा मनाईने कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित रोपाई जात्रा सम्पन्न भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको क्लव र मन्दीर व्यावस्थापन समितीले शुक्रवार बिबिध कार्यक्रम सहित रोपाई जात्रा गरेर मनाएका हुँन । IMG_0775

तम्घासमा रहेको गुल्मी युनाईटेड क्लवले उदिनढुङ्गाबाट श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्याव्याग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक कार्यक्रम गरेका थिए । क्लव र मन्दिरले तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौर खेल मैदानमा आई बिबिध कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
IMG_0802
क्लवले निकालेका रोपाई जात्रा तथा बिबिध साँस्कृति कार्यक्रहरुले शुक्रवार दिन भर तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौर खेल मैदानमा बिबिध कार्यक्रम मय बनेको थियो । क्लवहरुले निकालेको रोपाई जात्रा तथा बिबिध साँस्कृतिक कार्यक्रममा बिभिन्न नेताहरु तथा बिभिन्न घटनाक्रम संग समन्धी हाँस्य व्याग्य प्रस्तुति सगै खेत रोपाईको क्रममा गाईने वाली भाका गाएर दिन भर तम्घास बजार रमाईलोमय बनेको थियो । रोपाई जात्रा सगै साँस्कृतिक कार्यक्रम हेर्न जिल्लाका बिभिन्न स्थानबाट मानिहरू आएका थिए ।
IMG_0799
कला साँस्कृतिको संरक्षण सगै बिगतका वर्षमा जस्तै यस वर्ष पनि क्लवले बिबिध कार्यक्रमलाई निरन्तरता दिँदै बिबिध कार्यक्रमहरू सहित रोपाई जात्रा कार्यक्रम गरिएको क्लवले जनाएको छ । रोपाईको बेला असारमा गाईने वाली गित गाएर रोपारेहरुले रोपाई गरेको जस्तै गर्दा झट्ट हेर्दा जो कसैलाई पनी असारको सम्झना दिलाउँने गरि रोपारेहरुले रोपाई प्रस्तुत गर्दै गर्दा कार्यक्रममा थप आकर्षणहरु देखिएका थिए ।
IMG_0790
क्लव बाहेक तम्घास स्थान संयुक्त मन्दिर व्याबस्थापन समिती, राधा माधब समिती, सत्यशाही कलाकेन्द्र, भगवान कृष्णको रथ यात्रा तम्घास बजारमा परिक्रमण गराएको थियो । मन्दीर व्याबस्थापन समितीले तम्घासको नयाँ बजार मन्दीर प्राङ्गगढबाट भजन कृतन सहित निकालेको रथ तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौरमा रथ यात्रा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend