logo
  • शुक्रबार, असोज ९ २०८३

त्रिशुलीमा बस खस्यो, २१ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

चितवन, भदौ १०।
रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ ।
muglin-bus-accident
ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डी भञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २१ यात्रुको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ ।

बस विहान ५ बजेतिर दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेर नदीमा डुबेको छ । बसको अधिकांश भाग नदीमा डुबेको र विस्तृत विवरण प्राप्त नभएको मुग्लीन प्रहरीले जनाएको छ । दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend