logo
  • शनिबार, साउन ३० २०८३

नवनियुक्त १३ मन्त्रीले शपथ लिए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, भदौ १०।
नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले शपथग्रहण गरेका छन् । आज विहान शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् ।
sapath
नवनियुक्त मन्त्रीहरुमा अर्जुननरसिंह केसी (शहरी विकास), प्रकाशशरण महत (परराष्ट्र), बालकृष्ण खाँड (रक्षा), जीवनबहादुर शाही (पर्यटन), केशवकुमार बुढाथोकी (सामान्य प्रशासन), सूर्यमान गुरुङ (श्रम) छन् ।

त्यसैगरी सीतादेवी यादव (शान्ति तथा पुनर्निर्माण) , दीपक गिरी (सिँचाइ), रोमी गौचन थकाली (वाणिज्य), नवीन्द्रराज जोशी (उद्योग), हृदयराम थानी (गरिबी निवारण तथा सहकारी) मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।

त्यस्तै गगन थापा (स्वास्थ्य) र शंकर भण्डारी (वन) ले पनि शपथ ग्रहण गरे । कांग्रेसका तर्फबाट यसअघि विमलेन्द्र निधि (उपप्रधान एवम गृह) र रमेश लेखक (यातायात) मन्त्रि परिषदमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend