logo
  • शुक्रबार, असोज ९ २०८३

‘वारि जमुना पारि जमुना’का गायक गुरुङको निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

khem gurungकाठमाडौं, भदौ ९।
‘वारि जमुना, पारी जमुना’ गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन भएको छ । कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार दिउँसो मृत्यु भएको हो ।

‘खेमराज दाई अव हाम्रो सामु रहनु भएन, डाक्टरले उहाँको निधन भएको जानकारी गराउनु भएको छ’ अस्पतालमै रहेका गुरुङकै जिल्लाबासी लोक गायक कमलीकान्त भेटवालले भने, ‘हामीले एक जना होनहार स‌ंगीत साधकलाई गुमाएका छौं ।

उनको अवस्था गम्भिर भएपछि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी गरेपनि लैजान नसकिने अवस्था भएकाले रोकिएको थियो । स‌खुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए ।

उनले गाएको पूर्वी पहाडको लोकभाका ‘वारि जमुना पारि जमुना’ एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनको एक दर्जन एल्वम छन ।

खेमराजको चर्चित गीत वारि जमुना पारि जमुना

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend