साझा नेटवर्क
भिम दुमी काठमाडौं, भदौ ९ ।
नेपाली संगीतमा साकेला फ्लेबरमा नयाँ संरचनाको गीत बजारमा ल्याएका युवा गायक तथा संगीतकार । राकेश बजारमा निकै राम्रो चलेका युवा संगीतकारको रूपमा उनलाई एकथरी कलाकारहरूले अथ्र्याउँछन् । उनको, ‘ब्युटिफूल कान्छी पूर्वेली’, निकै चलेको गीत हो । उनलाई यस गीतमा बसन्त राईले साथ दिएकी छन् ।
गीत गाउन तथा कम्पोज गर्न उतिकै मिहिनेत गर्ने युवा कलाकार राकेश पुख्र्यौंली खोटाङको बाम्राङ भए पनि बाल्यकालमै मोरङको पथरी शनिश्चरेमा हुर्के बढेका थिए । उनी विशेष गरेर रकपप फ्लेबर मन पराउने कलाकार हुन् । यो क्षेत्रमा आएका आफ्नो प्याटन त्यसैमा जमाउन चाहने कलाकारका रूपमा आएका उनले पछिल्लो समय सबै खाले संगीतमा उतिकै ध्यान दिइरहेको बताउँछन् । उनले भने, ‘सबै किसिमको गीत संगीतलाई म उतिकै महत्व दिन्छु । सबैको उस्ताउस्तै क्रेजहरू छन् र श्रोता दर्शकहरूले पनि फर फरक नै रुचाउँछन् ।’
०६५ सालदेखि काठमाडौंमा गुरुदेव कामदसँग निरन्तर संगीतको साधना गर्दै आएका उनले म्युजिक व्यवसायमा समेत हात हालिसकेका छन् । भर्खरै बेलायत गएका युवा रक कम्पोजर तथा गायक स्पन्दन स्वरुहाङसँग सुरु गरेका मजाको म्युजिक डककम अहिले उनको काँधमा परेको छ । विशेष गीतारको तारमा औँला नचाउन जान्ने राकेशले मोरङको बुद्ध माविबाट एसएसलसी सकेर धरान हुँदै संगीतका लागि काठमाडौंको बाटो तय गरेका सुनाए ।
सुरुमा गाउँघरमा नाच्न गाउन भनेपछि हुरुक्क हुने उनले गाउँका दाजुदिदीहरूको प्रेरणाको कारण संगीतमा लागेको बताए । युवा कम्पोजरहरू मध्ये नयाँ प्रतिभाको रूपमा स्थापित हुने क्रममा रहेका उनले स्कुले जीवनमा सरस्वती पूजा तथा त्यस्तै विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापका कार्यक्रमहरू स्टेज चढेका थिए । उनले सुरुमा रामकृष्ण ढकालको ‘हिरा काट्ने हिरा मै राखेर’ बोलको गीत गाएका थिए ।
उनलाई दाजु दिदीहरूले द्यौसी भैलोमा राम्रो गाउने भन्दै होस्याएपछि गाउँमा हुने सानोतिनो कार्यक्रमहरूमा निम्ता आउने र गाउन जाने क्रम बढेको बताउँछन् । पूर्वको धेरैवटा गाउँहरूमा आपूmले स्टेज फेस गरिसकेको बताउने राकेशलाई सानोमा ‘टाढा नलैजाउ तिमी मेरो मायालाई’ बोलको गीत गाउँदा एकजना दाइले गाएको मन पराएर ५० रूपैयाँ हातमा राखिदिएपछि उनी थप प्रेरित भएको सुनाए । ‘गीत गाएर पाएको यो पुरस्कारले मलाई संगीतमा लाग्न थप प्ररेणा दियो’ उनले भने ।
बढ्दै र पढ्दै जाँदा पपगीतमा सुपरस्टार हुने चाहानाले उनले सुनसरी धरानको कलेजहरूमा गाउँदागाउँदै काठमाडौंले तानेको उनको भनाइ छ । उनले भने ‘यता काठमाडौं आएपछि भने जीवन भनेजस्तो सजिलो भएन ।’ ‘साँच्चै जीवन त काठमाडौंमा पो भोगियो’ उनले भने ‘संगीतमा जम्नु त के कुरा आफुलाई लागेको र गाएको गीतहरू कति अपुरा रहेछन् भन्ने थाहा पाएपछि आपूmलाई झनै गाह्रो भयो ।
काठमाडौंको सांग्रिला होटलमा ११ महिना तालिम गरेको सुनाउँदै उनले सुनाए, ‘तर त्यहाँको तालिम संगीतको भने होइन नी ।होटेल म्यानेज्मेन्त को तालिम लियेका रहेछन् । उनले यो भन्दा अगाडि कामको नाम सिन्को नभाँचेको भन्दै मान्छेलाई समय र कामले परिपक्व बनाउने रहेछ भन्ने लागेको बताए ।
गीत संगीतलाई अभिष्ट मानेका उनले भर्खरै बजारमा आएको मालती राईको स्वरमा रहेको ‘माझी हो माझी’ बोलको गीतमा समेत संगीत दिएका छन् । भावि दिनमा नेपाली संगीतको बजारमा राम्रो उत्पादन दिन आपूmले काम गर्न सिँगै बाँकी रहेको उनको भनाइ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend