logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा १२ वर्षपछि आममाफी, अवैध कामदार घर फिर्न पाउने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

होम कार्की, काठमाण्डौ भाद्र ९ ।
कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रबासी कामदारको लागि आममाफी खोलेको छ । यस्ता कामदारहरु अब बिनासजाय आफ्नो देश जान पाउने भएका छन् । कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रबासीहरु कामदारलाई स्वदेश फिर्ने वातावरण बनाएको जनाएको छ । यो १२ वर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ ।
qatar worker
कतारमा गैरकानुनीरुपमा बसेर काम गर्दै आएका नेपालीसहित आप्रवासी कामदार आफमाफीको प्रतिक्षामा बसिरहेका थिए । एसियाली देशका दूतावासहरुले कतार सरकारलाई आममाफी दिनको लागि सुझाब दिंदै आएका थिए । कतार सरकारले सन् २००९ को कानुन नं ४ को प्रवेश, गमन, आवासीय र स्पोन्सरसीप सम्बन्धी कानुन उलंघन गरेर बस्ने आप्रबासी कामदारको हकमा आममाफी आकर्षित हुने जनाएको छ । आममाफीमा स्वदेश फर्कनेलाई कामदारलाई दुई वर्षपछि कतारमा काम गर्न आउन पाउने व्यवस्था गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

‘आममाफीको खबरलाई म निकै खुसी छु । म यसकैको प्रतिक्षामा थिएँ’, झन्डै १६ बर्षदेखि घर नफिरेका रुपन्देहीका यमनाथ चापागाईँले भने,‘म कतारमै काम गर्न चाहन्थें । त्यतिकै घर फिरे यहाँ आउन पाउने अबस्था थिएन ।’ आन्तरिक मन्त्रालयले आममाफीको सुबिधा लिएर घर फिर्न चाहनेलाई कतारको सल्वारोडस्थित खोज तथा अनुगमन विभाग (सर्च एण्ड फलोअप डिर्पाटमेन्ट, जसलाई नेपालीले सिआइडी भनेर चिन्ने गर्छन) मा सम्पर्क गर्न भनेको छ । यो विभागमा कम्पनीले एक्जिट पेपर (खु्रज पेपर) नदिएर स्वदेश फिर्न नपाएकाहरुलाई सहजीकरण गरिदिन पुग्ने गरेको छ ।

मन्त्रालयका अनुसार दैनिक दुई सय भन्दा बढी कामदार पुग्ने गरेका छन् । कतारमा झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब ३ लाख ७५ हजार जना नेपालीले आवासीय अनुमति लिएर बसेका छन् । गैरकानुनी कामदाकारे संख्या एकिन नभए करिब १५ देखि २० हजार नेपाली रहेको अनुमान गरिएको छ । नेपाली दुतावासका अनुसार त्यस हैसियतमा भएकाहरु स्वदेश फिर्नका लागि दैनिक २० देखि ३० जना सहजीकरणको लागि दूतावास आउने गरेक छन् ।

नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार कम्पनी, तलब, काम र सेवासुविधा नभएपछि नेपालीहरु गैरकानुनी भएर बाहिर काम गर्ने गरेका छन् । त्यस्ता कामदारहरु विशेष गरी प्रहरीबाट बच्नको लागि भरुभुमिमा भेडा चराउने, खेतीपातीको काम गर्ने र बिभिन्न कम्पनीमा गएर लुकेर काम गर्ने गरेका छन् । ‘म यतिखेर उँट चराउने काम गरिरहेको छु । कम्पनीले नियममित तलब दिएको भए भागेर यस्तो कठिन जीबन जीउनपर्ने अबस्था थिएन’, सिन्धुलीका श्याम परियारले कान्तिपुरलाई भने ।

कतार सरकारले यसअघि सन् २००४ मा मार्च २१ देखि जुन २० सम्मको लागि आममाफी दिएको थियो । त्यस बेला समयअबधी थप गरिएको थिएन । त्यस बेला ६ हजार गैरकानुनी हैसियत भएका आप्रवासी कामदार स्वदेश फर्किएका थिए । त्यस बेला कतारमा ६ लाख ५० हजार जनंसख्या थियो । अहिले कतारको जनसंख्या करिब २५ लाख पुगिसकेको छ । लामो समयमा आममाफी खुलेकोले धेरै गैरकानुनी कामदारले यस अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend