logo
  • शनिबार, साउन ३० २०८३

लोक दोहोरी प्रतिष्ठान गुल्मीले बृहत रक्तदान कार्यक्रम गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी भदौ ९ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा गुल्मीले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । यहि आउदो भाद्र २२ गते निजामति कर्मचारी दिवसको अबसर पारेर गुल्मी सदरमुकाम तम्घासमा एकदिने बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
index
प्रतिष्ठान जिल्ला शाखा गुल्मीले बिहिवार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन को आयोजना गरि भाद्र २२ गते गुल्मीको सदरमुकाम तम्घासमा हुने बृहत रक्तदान कार्यक्रम सहभागी भई रक्त दान गर्न आग्रह समेत गरेको छ । प्रतिष्ठान जिल्ला शाखा गुल्मीले सामाजिक क्षेत्रमा महत्वपूर्ण कामको थालनी गर्दैे रक्त दान जिवन दान भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम राखिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा गुल्मीका अध्यक्ष जनक पन्थले बताए ।

नयाँ कार्यसमितीको निर्णय बमोजिम सामाजिक क्षेत्रम नयाँ कामहरु गर्ने अठोट अनुसार पनि यस्तो कार्यक्रम गर्न लागिएको अध्यक्ष पन्थले बताए । रक्तदान कार्यक्रमको लागी वुटवलबाट युवा रेडक्रस सरकलको प्राबिधीक सहयोग रहेको प्रतिष्ठान गुल्मीले जनाएको छ । बृहत रक्तदान कार्यक्रमको लागी सह आयोजकमा गुल्मीका समाज सेवी मानबहादुर एबं मायादेवी फाउनडेसन सहआयोजक रहने अध्यक्ष पन्थले जानकारी दिए ।

गुल्मी प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत संकलन भएको ब्लड वुटवलको युवा रेडक्रस सरकलले राख्ने र गुल्मीमा कुनै पनि व्यक्तिलाई आश्यक परे प्रतिष्ठान गुल्मीको सिफरिसमा लिन सकिने अध्यक्ष पन्थले जानकारी दिए । प्रतिष्ठान गुल्मी शाखोल यहि भाद्र २२ गते हुने बृहत रक्तदान कार्यक्रमम सहभागी भई रक्तदान गर्नुहुन सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend