साझा नेटवर्क
काठमाडौंः नेपाली कांग्रेसका ११ मन्त्रीको शपथ ग्रहण भोलि शुक्रवार बिहानमात्रै हुने भएको छ।
मन्त्रीको शपथका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अाग्रहमा राष्ट्रपति कार्यालयले शुक्रवार बिहान ९ बजेका लागि समय निर्धारण गरेको हो।

कांग्रेसभित्र मन्त्रीको भागबन्डा मिलेसँगै सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु मन्त्रीको टुंगो लगाउन छुट्टा–छुटै छलफलमा व्यस्त छन्।
पौडेल पक्षले पाँच मन्त्रीको नाम उपलब्ध गराएपछि सभापति देउवाले ११ मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउनेछन्।
कांग्रेसले बिहीबार बेलुकासम्म मन्त्रीको सूची बुझाउने र शपथ ग्रहण भोलि बिहान मात्रै हुने पक्का भएको स्रोतले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend