साझा नेटवर्क
काठमाडौं, भदौ ८।
मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार तोलाको १ सय रुपैयाँका दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ५९ हजार १ सय रुपैयाँका कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ८ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको ५९ हजार रुपैयाँका कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । सुनको मूल्य बढेपनि चाँदीको भाउ भने बुधबार स्थिर रहेको छ ।
सोमबार देखि नै स्थिर रहेको चाँदीको भाउ बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो । बुधबार पनि चाँदीको कारोबार तोलाको ८ सय ६० रुपैयाँका दरले नै भइरहेको महासंघले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend