साझा नेटवर्क
बुटवल, भदौ ७ ।
नेपाल बिद्यार्थी संघको ११ औं महाधिबेशनबाट र्निवाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई बधाई, चियापान तथा सम्मान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा काठमाण्डौमा सम्पन्न संघको ११ औं महाधिबेशनका सहमहामन्त्रीका प्रत्यासी बिष्णु पोखरेलद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले बिजयी पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई थप सुदृढ र मजवुत बनाउने अभियानमा जुट्न आग्रह गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा सहमहामन्त्रीका प्रत्यासी बिष्णु पोखरेलले आफु चुनावमा हारे पनि महाधिवेशन सम्पन्न हुनु समर्ग नेपाल बिद्यार्थी संघको जित भएको भन्दै आफुलाई सहयोग पुराउने सबैमा धन्यवाद दिएका थिए । पोखरेलले परिणामबाट आफु बिचलित नभएको र आफु जितमा मात्तिने र हारमा नमात्तिने स्वाभावको भएकोले आगामी दिनमा पनि पार्टी र संगठनको बिकाशको लागि अझै सकृय बन्ने भन्दै आफ्ना सुभेच्छुकका माझ सधै नेता र संगठकको रुपमा क्रियाशिल रहने प्रतिवद्धता जनाएका थिए । पोखरेलले र्निवाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै चुनाव एउटा प्रकृया भएको र परिणाम पछि सबैको जिम्मेवारी संगठन र पार्टी भएकोले सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डेय, महासमिति सदस्य राम बहादुर कार्की, वडा नं ११ का सभापति प्रदिप श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्ष बिक्रम खड्का लगायतले शुभकामना मन्तव्य राख्दै गुट उपगुट भन्दा माथि उठेर पार्टी र संगठनको हितको लागि सहमहामन्त्रीका प्रत्यासी बिष्णु पोखरेलले राजनैतिक संस्कारको शुरुवात गर्दै आफु हारे पनि अरुको मतको सम्मान गर्नु स्रहनिय कार्य भएको र यस पोखरेलको राजनैतिक जीवन अझै सफ लबनेर जाने बिश्वास गर्दै पार्टीको राजनितीमा रुपन्देही मात्र नभएर समर्ग देशमै राम्रो संदेश छर्न सफल भएको भन्दै आगामी दिनमा यसले नेपाल बिद्यार्थी संघलाई एकजुट बन्न थप सहयोग मिल्ने बिचार राखेका थिए ।
कार्यक्रममा महाधिबेशनबाट प्रदेश नं ५ बाट निर्वाचित केन्द्रिय उपाध्यक्ष प्रकाश राना, केन्द्रिय सदस्यहरु हरिबोल भट्टराई, लेखनाथ भट्टराई, टंक पाण्डे तथा केन्द्रिय सदस्यका प्रतयासी बिक्रम शेरचन र मनोज थापाले लगायतले मन्तव्य राखेको कार्यक्रमको स्वागत केशब पाण्डेय र संचालन अमृत पाण्डेयले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend