logo
  • शुक्रबार, असोज ९ २०८३

परियोजना अनुगमन तथा मुल्यांकन समितिको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी भदौ ६ ।
परियोजना अनुगमन तथा मुल्यांकन समितिको बैठक जैसीथोकमा सम्पन्न भएको छ । जैसीथोक गाविस सचिव बिनोद पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद कुमार श्रेष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गत आर्थिक बर्षमा जैसीथोक गाविसमा संचालन भएका कार्यक्रमहरुको समिक्षा गरिएको थियो । साथै आगामी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।14102123_1064585153633481_749230008_n

साथै कार्यक्रमलाई सहयोग गरिरहेका स्थानीय साझेदारहरुको बिषयमा पनि समिक्षा गरिएको परियोजनाका लेखा प्रमुख शोभाखर गिरीले जानकारी दिनुभयो । वैठकमा हालै जैसीथोक गाविसमा संचालन गरिएको अम्रिसो तथा घाँस रोप्ने अभियान अत्यन्तै प्रभावकारी भएको औल्याइएको थियो । जैसीथोक गाविसका विभिन्न सामुदायिक वन र खाली सार्वजनिक जग्गामा ७८ हजार ५ सय बिरुवा रोपिएको छ । त्यस्तै १ सय ४३ किलोग्राम विभिन्न जातका घाँसका विउ पनि गाविसमा वितरण गरिएको छ । जिल्ला वन कार्यालयको सहयोगमा २० हजार घाँसका विरुवा पनि जैसीथोक गाविसमा वितरण गरिएको परियोजनाले जनाएको छ ।14101597_1064585470300116_490739004_n

गत आर्थिक बर्षमा हेफर इन्टरनेशनलको तर्फबाट विभिन्न कार्यक्रम मार्फत ३९ लाख ४४ हजार २ सय ५४, गाविसको तर्फबाट १० लाख ९३ हजार र संसद विकास कोष मार्फत १ लाख २ हजार रुपैयाँ गरी ५१ लख ३९ हजार २ सय ५६ हजार रुपैयाँ जैसीथोक गाविसमा खर्च भइसकेको परियोजना संचालन गरिरहेको संस्था एकिकृत ग्रामिण विकास समाजले जनाएको छ । बैठकमा एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसी, जैसीथोकमा संचालित परियोजनाका कार्यक्रम संयोजक बिष्णु भण्डारी र लेखा प्रमुख शोभाखर गिरी लगायतको सहभागीता रहेको थियो ।14089497_1064585356966794_1232404653_n

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend