साझा नेटवर्क
बाग्लुंग,भदौ ६।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बुर्तिबाङमा आज सातौं प्रतिनिधि मुलक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता रहेको साधारण सभामा, संस्थाको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत भएको छ ।
“सदस्य वनौ सिवाईसीमा हातेमालो गरौ देश विकासमा” भन्ने नाराका साथ सम्पन्न साधारणसभाको प्रमुख अतिथि एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले उदघाटन गर्नुभएको छ । उहाँले उदघाटन मन्तव्यमा, सहकारीले सबैलाई आवद्ध बनाउँदै सहकार्यका साथ अघिबढन आग्रह गर्दै, दिनदु्खीको मर्म बुझेर सामाजिक विकासमा टेवा पुर्याओस भन्दै शुभद्धकामना दिनुभएको थियो । कार्यक्रममा सिवाईसी स्थानीय राजनैतिक पार्टी प्रतिनिधि, समाजसेवी बुद्धिजीवी विभिन्न संघसंस्थाका प्रतिनिधि सहित सहकारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।
जस अनुसार इलाका प्रहरी कार्यालय बुर्तिबाङका शिवराज क्षेत्री, नेपाली काँग्रेसका शालिकराम शर्मा, एमालेका टंक पौडेल, नेकपा माओवादी विप्लव समुहका हरी बहादुर कुवँर, निर्वाचन मण्डल संयोजक हिरालाल पौडेल, उत्तमबहादुर महत, त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्याल, महिला विकास बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष दुर्गादेबी घर्ति मगर, सदस्य सेवा केन्द्र बुर्तिबाङका सल्लाहकार मेषलाल शर्मा, गुञ्जबहादुर भण्डारी, संस्थाका सदस्य शेरमान घर्ति, रमेश कुवँर, लक्ष्मी वानियाँ, तथा समाजसेवी तारानाथ पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा दुर्गा देबी घर्ति हिरालाल पौडेल, उत्तम बहादुर महत र केशकुमारी बुढाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच प्रतिनीधिमुलक साधारण सभाले यही भाद्र ११ गते सम्पन्न हुन गईरहेको संस्थाको सातौ केन्द्रिय वार्षिक साधारण सभाका लागि त्यस क्षेत्रका शेयर सदस्य संख्याको १० प्रतिशत अर्थात ३६ जना प्रतिनीधि सर्वसम्मतिवाट छनौट गरेको छ । सम्पन्न कार्यक्रममा संस्थाको आ.व. ०७२-०७३ को प्रगती र आ.व. ०७३-०७४ को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाकी शिक्षा उपसमिति सदस्य एवं वुर्तिवाङ सेवाकेन्द्रको संयोजक गण्डकी थापा अधिकारी र आ.व ०७२-०७३ को आर्थिक प्रतिवेदन तथा आ.व. ०७३-०७४ को प्रस्तावित आय व्यय तथा कार्ययोजना संस्थाका प्रवन्धक नवराज शर्माले प्रस्तुत गर्नुभएको थियो । संस्थाका शेयर सदस्य चन्द्रलाल अर्यालको स्वागत मन्तव्य रहेको साधारण सभामा गण्डकी थापा अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend