logo
  • शनिबार, साउन ९ २०८३

बहुउदेश्य सहकारी संस्था द्धारा तीज बिशेष दरखाने कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल,गुल्मी भदौ ६।
अम्मर कल्याण महिला विकास बहुउदेश्य सहकारी संस्थाको आयोजनामा शेयर सदस्यहरुका बिच तीज बिशेष दरखाने कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । नेपाली नारीहरको महान पर्व हरितालीका तीजको अवसरमा सहकारी र शेयर सदस्य बिचको सम्बन्ध अझ प्रभावकारी बनाउने उदेश्यले दरखाने कार्यक्रम राखिएको सहकारीले जनाएको छ ।

कार्यक्रमका प्रमख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापाले यस्ता कार्यक्रमहरुले संस्था र शेयर सदस्य बिच अझ बढि विश्वासको वाताबरण सृजना हुने बताउनुभयो । कार्यक्रममा स्वाबलम्बन महिला बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष राधा पन्थी, देउराली बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष देव बहादुर बस्नेत, जिल्लाका विभिन्न सहकारी एवं बितिय संस्थाका प्रमुख एवं प्रतिनिधीको सहभागीता रहेको थियो । २०६२ साल असार ३० गते स्थापना भएको सहकारीले जिल्लामा बिभिन्न रचनात्मक एवं सृजनात्मक सामाजिक काम गर्दै आएको संस्थाकी व्यावस्थापक अन्जु पन्थीले जानकारी दिनुभयो ।

यो सहकारीले ११ बर्षको अवधीमा ७ सय शेयर सदस्य बनाएको छ । ७ सय शेयर सदस्य रहेको यो सहकारीमा ४ सय २४ जना अति बिपन्न महिलाहरु रहेको व्यावस्थापक पन्थीले बताउनुभयो । यसले बचत तथा क्रृणका अतिरिक्त सहकारी सुपथ मुल्य पसल मार्फत उपभोक्ताहरुलाई सौहुलियत रुपमा विभिन्न कृषीजन्य बस्तुहरु बिक्री गर्दै आएको छ । साथै सामुदायिक सेवा केन्द्र स्थापना गरेर घरेलु हिंसामा परेका महिलाहरुलाई अल्पकालिक आश्रयको व्यावस्था पनि सहकारीले गरेको उहाँले बताउनुभयो ।

सहकारीले विभिन्न सरकारी कार्यालयहरुको समन्वयमा विपन्न शेयर सदस्यहरुलाई आयमुलक तालिम प्रदान गर्दै आएको छ । त्यस्तै महिला तथा बालबालिका कार्यालय र जिल्ला विकास समितिको सहयोगमा अनाथ बाल गृहको संचालन गर्ने तयारीमा रहेको सहकारीले जनाएको छ । अनाथ गृहको काम लगभग सकिएकाले त्यस्ता बालबालिका आए संरक्षण गर्न सकिने सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend