logo
  • शनिबार, साउन ९ २०८३

कतारमा बागलुङ समाजले बाढी पिडितको सहयोगार्थ सास्कृतिक कार्यक्रम गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कुमार ‘अविरल” पन्थी, कतार भदौ ६।
“बाग्लुङ बासीको चाहना, स्वदेशमा शान्तिको कामना” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रहेको बाग्लुङ सेवा समाज दोहा कतारले अविरल वर्षापछी बाग्लुङ् जिल्लामा आएको बाढीबाट पिडित बनेका पिडितहरुको सहयोगार्थ सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ। हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर समाजले बाढी पिडितहरुको सहयोगार्थ यहि अगस्ट २६ तारिखका दिन सास्कृतिक तथा तिज विषेश कार्यक्रमको आयोजना गरेको हो।

teej baglungअविरल वर्षापछि आएको बाढीले बागलुङ जिल्लाको विभिन्न गाविसमा ठुलो क्षति पुराएको छ । सोहि बाढीबाट पिडित बनेकाहरुको घाउमा महलम लगाउने हेतुले कतारमा बाग्लुङ सेवा समाजले आर्थिक जुटाउन सास्कृतिक कार्यक्रम गर्न लागेको हो । उक्त कार्यकमबाट सङ्कलित रकम बाढी पिडितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बाढी पहिरोमा परी कैयौले ज्यान गुमाएका छन भने हजारौ मानिस घरबार विहीन भएका छन । यस्तो अवस्थामा प्रवासमा रहेका नेपालीहरु एकजुट हुदै पिडितहरुको चहराई रहेको घाउमा महलम लगाउने प्रयास गरिरहेको समाजका  सल्लाहकार एवम कार्यक्रमका व्यवस्थापक छम परियारले बताए ।

समाजले आयोजना गरेको कार्यक्रम कतारको नज्मा स्थित अल नाक्यान होटेलको सभाहलमा २६ अगष्ट २०१६ शुक्रवारका दिन मध्याह्नको  १२:३० बजेबाट सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend