logo
  • शनिबार, भाद्र २० २०८३

गायिका तथा मोडल ऋतु यसपालि तीजमा ढल्की ढल्की नाच्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, काठमाडौँ भदौ ६।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आगनमा आउन लागि सक्यो कलाकारहरुलाई भने तिजको चटारोले छोडेको छैन । कलाकारहरु तिजका गित गाउन र म्युजिक भिडियो बनाउनमा व्यस्त देखिन्छन। कलाकारहरुले भिन्न भिन्न किसिमका तिज गितहरु बजारमा निकालेर चर्चा बटुल्दै छन ।

chandपछिल्लो समय तिजका गितहरु अलिक भिन्न तथा उताउला दुरुस्तै रतौली जस्ता आउन लागेको पाइन्छ । बजारमा छोटो समयमा चर्चा पाउने तरिकाबाट बनाईएका गितहरु प्रसस्त मात्रामा भेटिन्छन । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा गायिका तथा मोडल रितु चन्द ठकुरीको एकदमै फरक खालको तिज गित “ढल्की ढल्की नाच्ने” बजारमा आएको छ। चन्दको उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको छ ।

सानै उमेरदेखि गित संगीत भनेपछि हुरुक्क हुने गायीका तथा मोडल चन्दले आधा दर्जन गितहरुमा अभिनय गरिसकेकी छिन । तीन बर्ष देखि काठमाडौलाई कर्म थलो बनाउदै आएकि चन्दको जन्म थलो भने महेन्द्रनगर हो । गित संगीत बाट अगाडि बढ्ने र आफुलाइ यस क्षेत्रमा स्थापित गर्छु भन्ने लक्ष्य लिएर अगाडि बढिरहेकी चन्द आफु सङ्गीत क्षेत्रमा स्थापित हुनेमा दुई मत नभएको बताइन ।

उनि भन्छिन ३ बर्षदेखि यस क्षेत्रमा दुख गर्दै छु पक्कै पनि मेहनतको फल मीठो हुनेछ। एक दिन म पनि सफल हुनेछु भन्नेमा विश्वस्त छु । गत हप्ता युट्युब मार्फत सार्वजनिक गरिएको “ढल्की ढल्की नाच्ने” तिज गितले दर्शक श्रोताहरुको मन जित्न सफल भएको बताइन।

“ढल्की ढल्की नाच्ने” तिज गीतमा चन्द र मानव रावतको स्वर रहेको छ । गीतमा चन्दकै शब्द तथा मानव रावतले लय सृजना गरेका छन। विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित निर्देशक तथा मोडल शंकर बिसी र ऋतु चन्दको अभिनय रहेको छ । भिडियोलाई मुकेस हुमागाईंले छायाँकन तथा प्रविन रेश्मी मगरले सम्पादन गरेका हुन । गितलाई बसन्त फिल्मस् प्रा.ली.काठमाडौले बजार व्यवस्थापन गरेको छ ।


हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend