साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी भदौ ४।
वुटवलबाट गुल्मी सदरमुकाम तम्घासकालागि छुटेको माइक्रो पाल्पाको काजीपौवा होराइजन स्कुल नजिकै दुर्घटना भएको छ । लु १ ज २४९२ नम्बरको माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी पौदी अमराई ६ का २४ बर्षिय प्रवेश थापा, लिम्घा ६ का ५२ बर्षिय डम्बर बहादुर क्षेत्री, अमुवा ३ रुपन्देहीका ३१ बर्षिय दुर्गा बहादुर थापा र २४ बर्षिय गोमा थापा, हर्मिचौर ४ गुल्मीका ५५ बर्षिय होमकान्त न्यौपाने घाइते भएको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाले जनाएको छ ।
त्यस्तै दुर्घटनामा बलेटक्सार ४ का २३ बर्षिय बाबुराम ज्ञवाली, ठिमुरे २ पाल्पाका ३५ बर्षिय सिता हितान, हर्मिचौर ९ गुल्मीकी ३८ बर्षिय पार्वती सिंजाली र २४ बर्षिय सिता खासु र ठिमुरे १ पाल्पाकी २४ बर्षिय जिवा झेडी घाइते भएका छन् । उनीहरुको प्रवासमै उपचार भैरहेको नर्सिङ्ग सुपरभाइजर खुमा पुनले सुचना मार्फत जानकारी दिइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend