साझा नेटवर्क
काठमाडौँ, भदौ ४ ।
दुई साताअघि प्रधानमन्त्री प्रचण्डसँगै सपथ ग्रहणमा कांग्रेसले दुई जना मन्त्री पठाएको बाकि थप मन्त्रि छान्न ढिलाई गरेको कारणले गर्दा प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्ले पूर्णता पाउन नसकेको हो ।
सत्ता गठबन्धनमा १३ वटा मनत्रालय लिने सहमति गरेको कांग्रेसले नेविसंघको महाविेशनलगत्तै मन्त्री छनोट गर्ने जनाए पनि अझैं केही दिन ढिलाइ हुने बताइएको छ ।
यसअघि नेकपा एमाले अध्यक्ष केही शर्मा ओली नेतृतवको सरकार ढालेर कांग्रेस–माओवादी गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका
निर्वाह गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेको कारण कांग्रेसबाट थप मन्त्री पठाउन ढिलाइ भएको स्रोतको भनाइ छ ।सभापति शेरबहादुर देउवाको विश्वासपात्र रहेका निधि सरकारमा कांग्रेसको नेतृत्व गनुभएको छ ।
कांग्रेसभित्र मन्त्री छनोटमा आन्तरिक विवाद पनि कायम छ । प्रधानमन्त्री प्रचण्डका दूतका रुपमा भारत भ्रमणमा रहेका मन्त्री निधि सोमबार फर्किएपछि माात्र कांग्रेसले थप मन्त्रकिो नाम तय गर्ने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend