logo
  • शुक्रबार, असोज ९ २०८३

अर्घाखाँचीको अर्घातोषमा गाइजात्रा पर्व मनाइयो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची भादौ ४।
हाम्रो कला हाम्रो रिति एतिहासिक हाम्रो मौलिक जातिय सस्कृति.बिगतका दिनमा झै यस बर्षपनि अर्घाखाँचीको अर्घातोष भगवतीमा गाइजात्रा भब्यताका साथ समपन्न भएको छ ।

2मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भयेका मृतकहरुको सम्झनामा मृतक आत्माको चिरशान्तिको कामनाको साथै पितृ उद्धारका लागी नेवारसमुदायमा गाइजात्रा निकाल्ने प्रचलन रहि आएको छ फरक यत्ति मात्र हो कुनै ठाउमा गाइ नै सिगारेर त कतै डोको सिगारेर बजार परिक्रमा गराई जात्रा देखाउने गरिन्छ ।

3
नेवार समुदायमा जनैपुर्णिमाको दिन बिशेश तयारी गरि त्येसको भोलि बिहान नेवार समुदायहरुका घर साथै स्थानीय छिमेकिहरुको घरमा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने प्रचलन छ। तर वैदेशिक रोजगारिका कारण युवाहरू बिदेसिन थालेपछी आफुहरुको कला सस्कृती जोगाउन मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण र कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपने अर्घातोष भगवती संयुक्त नेवा समाजका सदस्य उत्तम कुमार श्रेष्ठले आफ्ना धारणा ब्याक्त गर्नुभयो ।
1
उक्त गाइजात्रा स्थानीय छिमेकि गाबिसका तीन हजार भन्दा बढी स्थानियहरुले जात्रा अबलोकन गरेको स्थानियेहरुको ठम्याइ छ । यसबर्ष अर्घातोष गा.बि.स मा तीनवटा घरबाट पितृहरुको सम्झनामा गाइजात्रा निकालियेको थियो ।
4
नेवार समुदायका मृत्यु भएका ब्याक्तिहरुको यसरि गाइजात्रा निकाल्दा पितृहरु गाईको पुच्छरको सहायेता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने जनाबिश्वाश रहिआएको र बैदेशिक रोजगारीले गर्दा युवाहरु विदेशिने क्रम संगै यी र यस्ता कला सस्कृतिहरु संरक्ष्ण गर्न एक पछी अर्को बर्ष गर्दै निकै मुस्किल पर्दै गएको अर्घातोष हटिया बजारका स्थानीय समाजसेबी तथा नेवार समुदायका सदस्य चन्द्रमान श्रेष्ठ बताउनुहुन्छ।
5

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend