logo
  • शनिबार, साउन ३० २०८३

स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउन कठिन : देउवा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

Sher-Bahadur-Deubaकाठमाडौँ, भदौ ३।
तराई फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा बनाउन निकै कठिन रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक स्वदेशी लगानीमा नै बनाउने निर्णय गर्दै १० अर्ब बजेट छुट्याएको छ।

तर,नयाँ सरकारको मुख्य साझेदार कांग्रेस सभापति देउवाले पूर्वाधारका ठूला आयोजनामा विदेशी लगानी भित्र्याइनुपर्ने बताए । गन्तव्य नेपाल नामक संस्थाले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले फास्ट ट्रयाक र निजगढ अन्र्तराष्ट्रिय विमानस्थल नेपालले आफैं बनाउन सके राम्रो हुने तर सम्भावना निकै कम रहेको बताए ।

कार्यक्रममा आयोजक गन्तव्य नेपालले पर्यटन व्यवसायी मोहन लम्साललाई पर्यटन वर्ष व्यक्तिको रुपमा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend