साझा नेटवर्क
ज्ञवा संचार, भदौ ३ ।
गुल्मीको श्रृंगेश्वर धाम क्षेत्रको काखमा रहेको बलेटक्सार बजारमा आज सम्पन्न गाईजात्रा भव्य उत्सवमा परिणत भएको छ । यहाँका नेवार समुदायमा दिवंगत भएको आफन्तको स्मरण गर्दै बर्षदिनभित्र गाईजात्राको दिन गाईको प्रतिरुप(झाकी) बनाएर बजार परिक्रमा गराउने प्रचलन छ ।

आज हजारौं मानिसको उत्साजनक सहभागिताबिच बलेटक्सारको गाईजात्रा भव्य उत्सवको रुपमा सम्पन्न भएको स्थानिय युवा कमल श्रेष्ठले बताए । उनले नेवार समुदायका विभिन्न घरबाट दिवंगत सदस्यको स्मरणमा निकालिएको गाईको झाँकीसंगै घोडानाच, मयुरनाच, मुङ्ग्रानाच जस्ता विविध प्रकारका झाँकी प्रदर्शन गरिएको जानकारी गराए ।

झाँकी अवलोकन गर्न बलेटक्सार क्षेत्रसंगै जिल्ला र छिमेकीजिल्लाका विभिन्न गाउँहरुबाट समेत मानिसहरु आएको श्रेष्ठले बताए । बलेटक्सारमा गाईजात्रा मनाउने शैली फरक र सबै समुदायलाई आकर्षण गर्ने खालको भएकोले जुनसुकै समुदायका मानिसको यसमा उत्साहजनक सहभागी हुने गरेको उनी बताउँछन् ।

बलेटक्सार बजारमा छिमेकी गाउँहरु बलेचौर, रानीवास, टाहटिम लगायतबाट झाँकी ल्याएर सयुक्त रुपमा प्रदर्शन गर्ने चलन यहाँ विगत केही बर्षदेखी चल्दै आएको छ । बलेटक्सार नेवार समुदायको वाहुल्यता भएको क्षेत्र हो भने गाईजात्रा र लाखेनाच यहाँको पहिचान बनेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend