logo
  • शनिबार, साउन ९ २०८३

चेतनाको केन्द्र बन्दै गुल्मीको गायत्री शक्तिपिठ


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कृष्ण बिसी, गुल्मी भदौ २ ।
गुल्मीको हस्तिचौरमा रहेको गायत्री शक्तिपिठमा पुग्दा बिहानको समयमा पण्डितहरु यज्ञमा होम गर्दै थिए । करिब १५ जना बालबालिकाहरु ध्यानपुर्वक संस्कारहरु सिक्दै थिए । पण्डितले घरि यज्ञमा होम गर्न सिकाउदै थिए भने घरि बालबालिकाहरुलाई अ्रध्यात्म र संस्कारका बारेमा सिकाउदै थिए । यस्तो खालको यज्ञ होम हरेक दिन उक्त शक्तिपिठमा हुदो रहेछ । यज्ञ होममा सहभागी मध्धे करिब ५ जना बालबालिका दलितका थिए ।
2016-08-05 07.42.11
उनिहरुलाई पण्डित नारायण पन्थिले आप्नै नजिकमा राखेर मन्त्र जप गर्दै समाजको अन्धबिश्वास दर्शनका कुरा बाडदै अध्यात्म र गायत्री माताको बारेमा जानकारी गराउदै थिए । त्यसमा गैरदलितहरु पनि बिना भेदभाव बढो ध्यानपुर्वक जप र यज्ञमा होम गर्दै थिए ।यसरी समावेशी रुपमा पुजाआजा र जिवनसस्कारको पाटो सिकाउदै हस्तिचौरको गायत्री शक्ति समाजमा चेतना केन्द्रको रुपमा स्थापित हुदै गएको छ ।

2016-08-05 07.41.45सदियौ देखी समाजमा रहदै आएको ब्याप्त जातिय भेदभावको अन्त्य गर्दै शक्तिपिठले गाउगाउमा बिनाभेदभाव दलित गैरदलितको धार्मिक काम गरिदिने गरेको छ भने जिवन र अध्यात्मको बारेमा पाठ सिकाईरहेको छ । जातिय भेदभावका कारण स्थानिय ब्राहमणले धर्मकर्मको काममा अलग्याउदै आईरहेको समयमा गायत्री शक्तिपिठमा बिनाभेदभाव पुजाअर्चना र अध्यात्मको बारेमा सिक्न पाएपछि दलित समुदायका ब्याक्तीहरु नियमितरुपमा गायत्री मन्दिरमा पुग्ने गरेका छन ।

2016-08-05 07.45.00बर्षौदेखी भेदभावको मारमा परेका दलितहरु बिनाभेदभाव पुजा गर्न पाएपछि नियमित नित्यकर्ममा ब्यस्त हुन थालेका छन । प्राय बार पारेर सबै जातजातीका महिला पुरुषहरु कलशपुजा गर्न यज्ञ होम र पुजा अर्चनाका लागी पुग्ने गरेका छन । शक्तिपिठमा गरिने पुजाआजामा समावेशी मात्र होईन त्यहा रहने पण्डितले दलितहरुको घरघरमा पुगेर बिभिन्न धार्मिक एवंम सास्कारिक काम गरिदिने समेत गरेका छन । जस्ले गर्दा दलित समुदायहरुमा चेतनाको बिकास र उत्साह थपिएको छ ।

2016-08-05 07.40.12करिव डेढ बर्ष अघि स्थापाना भएको उक्त शक्तिपिठमा धार्मिक मात्र होईन अन्य स्वावलम्वनका काम पनि गरिदै आएको बताईएको छ । शक्तिपिठमा कलात्मक गायत्रीको मन्दिर,अध्यात्मको बारेमा सिकाउने सत्सगं हल लगाएत रहेको छ ।शक्तिपिठमा नियमितरुपमा पुजाअर्चनाका लागी ४ जना पण्डितहरु रहेका छन । शक्तिपिठमा रहेका पण्डितहरु स्थानिय भने होईनन उनिहरु अन्य जिल्लाका रहेका छन । तर त्यस गायत्री शक्तिपिठको ब्यवस्थापनको काम गुल्मीको अर्खले निवासी नारायण पन्थिले गरेका छन ।
2016-08-05 07.39.58
उनि भन्छन ुुसमाजमा सबै खाले भेदभाव हटाई सभ्य र सुसस्कृत समाज निर्माण गर्नका लागी प्रेरित गर्ने छौ । सुरुमा समावेशी पुजा गर्दा अप्रत्यक्षरुपमा स्थानियले फरक ढगंले हेर्ने गरेको भएपनि अहिले बुझदै गएपछि दलित गैरदलितको उपस्थिती बढदै गएको छ । उक्त गायत्री मन्दिर निर्माणमा बिशेष भुमिका खेलेका सोही ठाउका समाजसेवी नरहरी घिमिरेले सनातन हिन्दु धर्मको सरक्षंण र हरेक बर्ग समुदायलाई समावेशी रुपमा धार्मिक कार्यमा सहभागी गराएको बताए ।
2016-08-05 07.42.33
धर्ममा कुनै भेदभाव नरहेको र यस्को बुझाई गलत रहेको भन्दै घिमिरेले यस्को सही कुरा बुझाउन गायत्री मन्दिरले भुमिका खेल्ने पनि दावी गरे । शक्तिपिठमा ब्रतबन्ध, होम, नियमित पुजाअर्चना लगाएत अन्य स्वावलम्वनका कार्यक्रम पनि हुने गरेका छन । यसरी धार्मिक काम सगैं चेतना केन्द«को रुपमा स्थापित हुदै गरेको गायत्री शक्ति पिठको उचित सरक्षंण प्रर्वद्धन र प्रसारप्रचार गरिनुपर्ने जरुरी रहेको छ ।

सदरमुकाम देखी करिब ११ किलोमिटर टाढा रहेको उक्त मन्दिर प्रचारप्रचार भएमा आन्तरिक पर्यटन प्रर्वदन हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend