साझा नेटवर्क
महेस बोहोरा, बुटवल भदौ २।
स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले आज एक बिशेष कार्यक्रमका बिच शोक सभा सम्पन्न गरेको छ । रुपन्देही जिल्ला शाखाका अध्यक्ष बाबुराम गैरेको पुज्निय पिता शेषनारायण गैरेको गत श्रावण ३० गते उपचारको क्रममा क्रिमशन अस्पतालमा ७९ बर्षको उमेरमा निधन भएको थियो ।
आज ५ औ दिनको पुण्य तिथिको असरमा स्वतन्त्र पत्राकार सघँ रुपन्देहीले गैरेकै निवास तिलोत्मा १४ कालीकास्थानमा पुगी शोकसभा कार्यक्रम सम्पन्न गरको हो । केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले शोक सभामा बोल्दै दिवाङगत आत्माको चिरशान्तीको कामना सहित परिवारजन प्रति गहिरो सम्बेदना ब्यक्त गरेका छन ।
यस्तै केन्द्रिय सदस्य एवमं तिनाउ ९८.२ एफ.एम.का स्टेशन म्यानेजर राजेन्द्रजगँ रायमाझी,कोषाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रिय र्पासद शिव भुसाल, जिल्ला सदस्य उषा किरण पन्थ, चक्रपाणी डुब्रे, ईन्दु गैरे लगायतले शोक मन्त्ब्य राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend