साझा नेटवर्क
सँगीता कुँवर, टोकियो भदौ २ ।
जापानका लागी कार्यबाहक नेपाली राजदुत कृष्णचन्द्र अर्यालले जापानको नेपाली समुदायको समस्यासंग नजिक रहेर दुतावासबाट प्रदान गरीने सेवामा कुनै कमि नराख्ने बताउनुभएको छ ।

तिन हप्ता अघि मात्रै नयाँ कार्यबाहक राजदुतका रुपमा आउनुभएका अर्यालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालको लागी सहयोगी मुलुकको सुचीमा अगाडी रहेको जापानबाट हामी थोरै भए पनि सिक्न सके रोजगारीको अबसर सिर्जना हुने बताउनुभयो ।साथै अर्यालले दुतावासको आफ्नै भवन निर्माणक् लागी पनि आफ्नै कार्यकालमा पहल गर्ने बताउनुभएको छ ।
दुतावासको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जापानमा क्रियाशिल पत्रकारको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्ष तिलक मल्लले दुतावास अझ सेवाग्राहिमुखी बन्नुपर्ने र जापानमा रहेका नेपाली समुदायका समस्यालाई सचेतनाका कार्यक्रम मार्फत सन्देश दिन सके अझ प्रभावकारी हुने सुझाव दिनुभएको छ ।
नेपालीहरुको संख्यासंगै समस्याका प्रकार पनि फेरिदै गएको र जापानी बिच नेपाल प्रतिको नराम्रो सोच बढ्ने भएकोले बेलैमा सोच्नुपर्ने मल्लले बताउनुभयो यस अघि अमेरिका र बंगालदेशमा रहनुभएका कार्यबाहक राजदुत अर्याल पाल्पाबासी हुनुहुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend