साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार।
म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आफनो वार्षिकोत्सव कार्यक्रमलाइ सँगीतमय बनाउने भएको छ ।

यहि अगष्ट २६ तारिकका दिन बिन मोहमुद्को सालिमार दरबार रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रम विशेष त वार्षिकोत्सव र विविध समयमा यस सस्थालाई विशेष योगदान पुराउनु भएका विभिन्न संघ सस्था र व्यक्तित्वहरुलाई प्रदान गरिने सम्मान मै केन्द्रित रहेर तयारीलाई तिव्रता दिइएको थियो । समयको परिवर्तन र माग संगै निशुल्क प्रवेश, विविध साँस्कृतिक कार्यक्रम सहित रात्री भोजको समेत व्यवस्था मिलाइएको छ ।
कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ । दिउसो २ बजेबाट सुरु हुने कार्यक्रम साझ ७ बजे सम्म चल्ने छ भने त्यस पछीको समय रात्रिभोजको हुने व्यहोरा सबैमा जानकारी गराउदै वैदेशिक रोजगारीको शिलसिलामा म्याग्दी जिल्लाबाट कतारमा रहनु भएका सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थितको लागि अनुरोध गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend