logo
  • शुक्रबार, असोज ९ २०८३

हाइटेन्सनलाईनको तार चुँडेर करेन्ट लाग्दा दुई बालकको ज्यान गयो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कपिल ज्ञवाली, बुटवल श्रावण  ३२ ।
बुटवल कालिकानगरमा हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा २ बालकको मृत्यु भएको छ । तारमा करेन्ट प्रबाह हुदा उनीहरुको तत्कालै ज्यान गएको हो ।
butwal
ज्यान जानेमा बर्ष १० का राेहित क्षेत्री र बर्ष ६ का राेहन क्षेत्री छन् । बुटवल १२ कालिकानगर अभियान पथमा (प्रहरी तालिम केन्द्र —अख्तियार अफिस जानेबाटो) खेलीरहेका २ बच्चाको ज्यान गएको प्रहरीले जनाएको छ । तिलाेत्तमा नगरपालिका २० बस्ने गाेपाल क्षेत्री दुइभाईकाे ज्यान गएकाे हाे ।

घटना २ बज्न १० मिनेट बांकी छदा (१ :५०)भएको हो । थप अनुसन्धान जारी रहेकाे बुटवल प्रहरीले बताएकाे छ ।क्षेत्री २ भाइ तिलाेत्तमाबाट साइकलमा चढेर कालिकानगर आएकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend