साझा नेटवर्क
कुमार ‘अविरल” पन्थी, काठमाडौँ भदौ १।
रेड एप्पल मिडियाको प्रस्तुतिमा संचारकर्मी अनुराधा घर्ति र मनिश्रा मगरको तीजको गित सार्वजनिक भएको छ । पुरानो भाकामा रहेको “छाई छाई कडिया” बोलको तिज गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो।
पछिल्लो समयमा पुराना गित सङ्गीतलाई संरक्षण गर्दै नया शैलीमा परिमार्जन गरेर नयाँ आवाज तथा नया दृश्य निर्माण गरि श्रोता सामु पस्किन थालिएको छ । लामो समयदेखि सङ्गित क्षेत्रमा क्रियाशील रहदै आएकी सञ्चारकर्मी तथा लोक दोहोरी गायिका घर्तीले आफ्नो आठौ कोसेली मौलिक तीज गीत “छाइ छाइ कडिया” लिएर बजारमा आएकी हुन ।
गायिका घर्तिकै लय तथा शब्द रहेको गीतमा स्वयम घर्ति, बिष्णु प्रसाद गौतम र विश्वास नेपालको आवाज रहेको छ । लोकेन्द्र शाहले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा हरिमाया, बिशाल र एलिनको अभिनय रहेको छ । माधब पौडेलको छायांकन रहेको भिडियोलाई विजय पोखरेलले सम्पादन गरेका हुन।
पछिल्लो समयमा नयाँ र आधुनिकता भन्दा पनि पुराना र मौलिक भाकाहरु स्रोता र दर्शकको रोजाइमा रहेको गायिका घर्ति बताउछिन । यो गित पनि दर्शक श्रोताहरुको रोजाईमा परेकोले आशा गरे भन्दा बढी सफलता हात पर्नेमा ढुक्क भएको उनको भनाई छ ।
गीतमा “तीजैमा लाउला रातो सारी किनेर, नाचौउला मादलुको तालमा बरिलै, सबको मर्म बुझेर शिवजीलाई पुजेर, छाइ छाइ कडिया बझाउदै मेलैमा” जस्ता शब्द रहेका छन । तीजका गीतहरुमा मौलिकता हराउदै गएकोले पुरानो गीतलाई नयाँ शैलीमा परिमार्जन गरि बजारमा ल्याएको बताइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend